बालिका बलात्कार गर्दागर्दै एक भारतीय पक्राउ

इटाटारका सशस्त्र प्रहरी निरीक्षक बुढाथोकीले बलात्कार गरिरहेको अवस्थामा मण्डललाई पक्राउ गरी आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाएको बताए ।
बलात्कृत बालिकालाई पनि प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ । सिरहाको इटाटार गाविसको कमलपुरस्थित मिलमा गहुँ पिसानी गरेर घर फर्किने क्रममा बालिकालाई मण्डल र फरार भएका अन्य एक व्यक्तिले बलात्कार गरेको प्रहरीको भनाइ छ । घटनास्थल सिरहाको इटाटार र भारतको महौलियाबीचमा पर्छ