कस्तो ग्रह ? जसका छन् चारवटा सूर्य

वैज्ञानिकहरुले ब्रम्हाण्डमा एउटा यस्तो ग्रहको खोज गरेका छन् जसका ४ वटा सूर्य छन् र उक्त ग्रहमा दिनमा ४ पटक सूर्योदय हुन्छ ।

ती चार सूर्यमध्ये दुइ ग्रहको कक्षमा छन् भने दुइ सूर्यले यो ग्रहको परिक्रमा गर्छन् । यो अनौठो ग्रह पृथ्वीभन्दा ५ हजार प्रकाश वर्ष टाढा रहेको र पृथ्वीभन्दा ६ गुणा बढी ठूलो रहेको बताइएको छ ।
 


अनुसन्धानकर्ताहरुका अनुसार चारवटा सूर्य भएका कारण यो ग्रहको गुरुत्वाकर्षण बल प्रभावित भएको छ छैन भन्ने बारेमा भने केही पत्तो लागिसकेको छैन । गुरुत्वाकर्षण क्षेत्र निकै जटिल रहेपछि यो ग्रहले आफ्नो कक्षमा निरन्तर घुमिरहेको बताइएको छ ।

वैज्ञानिकहरुले प्लानेट हन्टर्स नामको वेबसाइटको मद्दतले यो ग्रह पत्ता लगाएका हुन् । त्यसपछि जापानको केक प्रयोगशालाका वैज्ञानिकले त्यसको थप अनुसन्धान गरे ।

यो ग्रहको नाम पिएच वान राखिएको छ । यस्तो अनौठो ग्रहको खोज अन्तरीक्ष विज्ञानका लागि ठूलो उपलब्धी रहेको बताइएको छ ।