तनहुँ, असोज १३ (नागरिक)- नुहाउने क्रममा झरनाबाट खस्दा चितवनको चण्डीभञ्ज्याङमा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर-११ का २२ वर्षीय सम्राट ढकाल रहेको सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारले जनाएको छ।
कलेजमा अध्ययरत लक्ष्मीचन्द्र न्यौपाने, विशाल अधिकारी, सन्तोष पन्त, आकाश दुङ्गाना र राजिव गुरुङसँग घुम्न आएका सम्राट झरनाको मध्य भागमा बनेको कुवामा पानीमा खेल्ने क्रममा चिप्लिएर झण्डै ५० मिटर तल अर्को कुवामा खसेका थिए। घटनालगतै स्थानीय र प्रहरीले उद्धारका लागि पहल गरेकोमा सफल नभएपछि विपद् व्यवस्थापन केन्द्रको टोलीले ३ घण्टा पश्चात शव निकालेका थिए।
'हामीले सूचना पाएको १० मिनेटमा नै शव निकाल्यौ,' सशस्त्र प्रहरी नायब उपरीक्षक दिपेन्द्र गिरीले भने, 'र्याप्लिङ र क्याम्बिङ प्रद्धतिबाट लाश निकालेका हौं।' शवलाई पोष्ट मार्टमका लागि भरतपुर अस्पताल, चितवन पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

काठमाडौं, असोज १२ (नागरिक)- नेपाल वायु सेवा निगमका वरिष्ठ क्याप्टेन रविन्द्रकुमार शेरचनले चरा ठोक्किएरमात्र कुनै पनि विमान दुर्घटना नहुने भन्दै दुर्घटनामा प्राविधिक कमजोरी रहेको दाबी गरेका छन्।
हिजो उडानका लागि अयोग्य भन्दै ग्राउन्डेड गरिएको विमान आज के गरेर उडाइयो, त्यो शंकास्पद रहेको उनको कथन थियो।
रिपोर्टर्स क्लब नेपालद्वारा आज आयोजित कार्यक्रममा उनले आफूले जहाज उडाउँदासमेत पटकपटक चरासँग ठोक्किए पनि बचाएको उदाहरण प्रस्तुत गरे। उनले जहाजमा प्राविधिक र विमानस्थलको ब्यवस्थापनमा रहेको कमजोरी पनि दुर्घटनामा सहायक भएको आरोप लगाए।
क्यापटेन शेरचनले नेपाली पाइलट विश्वकै सबैभन्दा जोखिम उडान गर्न सक्षम प्रमाणित भइसकेको अवस्थामा चरा ठोक्किएरमात्र दुर्घटना भयो भन्नु उचित नहुने तर्क गरे। विमानस्थलमा चरा उड्न नपाउने वातावरण निर्माण गर्न विमानस्थल ब्यवस्थापन असफल भएको उनको आरोप थियो।
उनले विमानलाई मानवबस्तीमा खस्न नदिई खोलामा खसाउनु पाइलटको कुशलताको उदाहरण भएको भन्दै विमानका पाइलट सक्षम रहेको पुष्टि भएको बताए।
नेपाल वायु सेवा सञ्चालक संघका अध्यक्ष रामेश्वर थापाले मनहरा खोलामा दुर्घटना भएको सीता एयर विमान दुर्घटनामा पाइलटको कुनै भूमिका नभएको भन्दै प्राविधिक जाँच भएर उडेको विमान चराको कारणले मात्र दुर्घटनामा परेको दाबी गरे।
उनले मानवबस्तीमा विमान खस्न नदिनु पाइलटको सक्षमताको उदाहरण भएको बताए।

काठमाडौँ, असोज ११ - भक्तपुरको बागेश्वरी-६ मा रहेको जंगलमा रुखमा झुण्डिएको अवस्थामा एउटा र जमिनमा अर्को गरी एक जोडी कंकाल भेटिएको छ।
प्रहरीका अनुसार बुधबार दिउँसो ३ बजे फेला परेको ती कंकालहरु कसका हुन् भन्ने बारे केही थाहा हुन सकेको छैन।
रुखमा झुण्डिएको अवस्थामा रहेको कंकाल पुरुषको र जमिनमा रहेको कंकाल महिलाको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। जमिनमा रहेको कंकाल नजिकै एउटा सलसमेत फेला परेको छ।यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।
Source: नागरिक

ज्ञान न्यौपाने, काठमाडौं, साउन ११- बसन्तपुरस्थित बिहीबार बिहान ठड्याइएको 'इन्द्रध्वजा'सहितको लिङ्गो ढलेको छ। इन्द्रध्वजा ठड्याएर आठ दिने इन्द्रजात्राको सुरु भएको भन्ने बुझिन्छ। करिब २५ हाते सल्लाको लिङगो बिहान साढे नौ बजे उठाउने साइत रहेको थियो। उठाएको पाँच-सात मिनेटमै ढलेको प्रत्यक्षदर्शीले बताए।
'विस्तारै ढलेकाले त्यताका मान्छेहरू भाग्न सफल भए तर छिटो ढलेको भए सबै चापिन्थे,' त्यहीको एक मन्दिरछेउ पसल थापेकी प्रत्यक्षदर्शी मेनुका थापाले भनिन्, 'ढल्न लाग्दै गर्दा सबैले ढल्यो ढल्यो भन्दै भागाभाग भयो।' लिङगो तलेजु भवानी मन्दिरको दिशातिर ढलेको थियो। तस्बिर : चन्द्रशेखर कार्की
पालेकेले, असोज ११ (एएफपी)- आयोजक श्रीलंकाले बिहीबार विश्व ट्वान्टी-२० को सुपर एटमा सुपर ओभरमा न्युजिल्यान्डलाई पछ्याउँदै विजयी सुरुआत गरेको छ।
सुपर ओभरमा श्रीलंकाले टिम साउथीको ओभरमा १ विकेट गुमाई १३ रन बनायो। लासिथ मालिङ्गाले त्यसको जवाफमा ७ रनमात्र दिएपछि न्युजिल्यान्ड पराजय स्वीकार्न बाध्य भयो।
यसअघि दुवै टोलीले निर्धारित २० ओभरमा १ सय ७४ रन बनाएको थियो। ट्वान्टी-२० अन्तर्राष्ट्रियमा यो सातौं 'टाइ' खेल थियो।
ओपनर तिलकरत्ने दिलशानले ५३ बलमा ३ छक्का र पाँच चौकासहित ७६ रन बनाउँदा श्रीलंकाले सजिलै लक्ष्य पछ्याउने देखिएको थियो। तर कसिकसाउ बलिङ र फिल्डिङ गर्दै न्युजिल्यान्ड खेलमा फर्किएको हो। अन्तिम ४ ओभरमा ३८ रन चाहिएको अवस्थामा कुमार सांगाकारा (२१) र जीवन मेन्डिस (८) आउट भएपछि श्रीलंका दबाबमा परेको थियो।
श्रीलंकालाई अन्तिम दुई ओभरमा २१ रन चाहिने अवस्थामा दिलशानले जेम्स फ्रयांक्लिनलाई पहिलो बलमै छक्का प्रहार गरे पनि अर्को बलमा रनआउट भए। अन्तिम ओभरमा ८ र दुई बल बाँकीमा ५ रन आवश्यक पर्दा लाहिरु थिरिमाने चौका प्रहार गरी खेल बराबरीमा ल्याए पनि अन्तिम बलमा उनी रनआउट भए।
यसअघि न्युजिल्यान्डबाट रोब निकोलले ४० बलमा ५८, मार्टिन गुप्टिलले ३८ र ब्रेन्डन म्याकलमले २५ रन बनाए। श्रीलंकाका अलिका दानानजयले २ विकेट लिए। अजन्था मेन्डिसले ४ ओभरमा ४८ रन खर्चेर १ विकेट लिए।
शुक्रबारका खेल
पाकिस्तानविरुद्ध दक्षिण अफ्रिका (३.४५ बजे)
अस्ट्रेलियाविरुद्ध भारत (साँझ ७.४५ बजे)

नृत्य निर्देशक
नेपाली लोकदोहोरीमा शंकर वीसी नौलो नाम होईन । आजसम्म १२ सय वढि भिडियो निर्देशन गरिसकेका शंकर अहिले सिनेमाको नृत्य निर्देशनमा पनि जम्ने क्रममा छन् । कोरस हुँदै भिडियोको निर्देशनसम्म आईपुग्दा उनले धेरै संघर्ष गरेका छन् । उनै शंकर बीसीसँग अनलाइनखबरका लागि विजय आवाजले गरेको कुराकानी :
दोहोरी भिडियोको बजार कस्तो छ ?
अहिले अडियो बिक्रि हुँदैन । यसैले पनि सिआरविटीका लागि भिडियो बनाउनुपर्ने अवस्था छ । यही कारणले पनि भिडियो बनाउनेको बजार राम्रो छ ।
तपाईको बजार कस्तो छ त ?
मैले गरेको कामलाई दर्शकले राम्रो प्रतिक्रिया दिनुभएको छ । यसैले आजसम्म १२ सय वटा भिडियो निर्देशन गरेको छु । अडियोको बजार गएपछि भिडियोको बजार अझै राम्रो छ ।
आफै भिडियो बनाउने आफै खेल्ने, यो त आफ्नो हात जगन्नाथ भने जस्तो भएन र ?
होईन, पहिला म भिडियो निर्देशन मात्र गर्थे । तर सुपारी चाम्रो बोलको गीतमा खेलेपछि दर्शकले राम्रो प्रतिक्रिया दिनुभयो । कम्पनीले पनि भिडियोमा मलाई नै खेल्नु पर्छ भन्नुहुन्छ । यसैले मात्र खेलेको हुँ । १२ सय भिडियो बनाएँ, ६ सयमा म आफै खेलेको छु ।
तपाईले निर्देशन गर्ने अधिकांश भिडियोमा मोडलको रुपमासम्झना वुढाथोकी देखिनुहुन्छ, के लभ अफेयर हो तपाईहरुको ?
हाम्रो बिचमा त्यस्तो कुनै सम्वन्ध छैन । हाम्रो जोडि हिट भएकाले सवैले हामीलाई नै खोज्नुहुन्छ । धेरैले त यि दुई विहे गरेर सागै वस्छन् समेत भन्नुभयो । तर, उनले मलाई दाई भन्छिन । हामी पर्दाको सफल जोडी मात्र हौँ ।
तपाई विवाहित कि अविवाहित ?
विवाहीत हुा । मैले ५५ सालमै विहे गरेको ।
सम्झनासँग मात्र नाच्दा श्रीमतीले के भन्नुहुन्छ, घर झगडा त खुवै पर्छ होला नी हैन ?
यहाँ कान फुक्नेहरु धेरै छन् । सुरु सुरुमा त खुवै अप्ठ्यारो पर्यो । पछि उसले पर्दाको जोडि मात्र हो भन्ने वुझेपछि अहिले खासै समस्या छैन ।
आजको सफलतालाई हेर्दा विगतलाई कसरी संझनुहुन्छ ?
मैले नसोचेको सफलता पाएको छु । म कोरस नाच्दै आएको केटा हुँ । आज दर्शकको माया देख्दा आफैलाई सपना जस्तो लाग्छ । मिहिनेत गर्नुपर्छ सफल भईदो रहेछ भन्ने लाग्छ ।
विहेको प्रस्ताव कति आउँछ ?
एकदमै धेरै आउाछन् । आई लभ यु भनेर फोन गर्ने युवतीहरुको संख्या धेरै छ । कतिले त तपाईको फोटो सिरानीमुनी राखेर सुत्छु समेत भन्छन् । यस्तो प्रतिक्रिया नेपाल भन्दा बाहिरबाट धेरै आउाछ । उहाँहरुलाई म विवाहित हुा भनेर सम्झाउाछु ।
गिफ्ट कत्तिको आउाछन ?
धेरै नै, विशेषगरी विदेशबाट । कपडा, चकलेट, मोवाईल आदि आउाछन् ।
सिनेमामा पनि तपाईको माग वढेको हो ?
अहिले माग वढ्दै गएको छ । लगातार २२ वटा गीतमा काम गरे मैले ।
के फरक छ दोहोरी र सिनेमाको कोरीयोग्राफिमा ?
सिनेमामा आजै सक्नुपर्छ भन्ने छैन । धेरै वजेट भएकाले काम गर्न मजाले पाईन्छ ।
पहिलो प्रेम याद छ ?
कक्षा ७ मा पढ्दा मेरो सम्वन्ध एउटीसँग जोडिएको थियो, । तर उनले मलाई मतलव गरिनन् । मैले उनलाई पोष्टकार्ड र चिठि पठाएा तर उनले मतलव गरिनन् । पछि उनको अर्कै केटासाग लभ परेको थाहा पाएँ । पछि म चर्चित भएपछि भेट भएको थियो, उनले मैले केही सोच्न सकिन भनिन् । पश्चतापजस्तै थियो ।
विहे अघि कति केटीसँग लभ गरियो ?
लभको त कुरै नगरौँ । कति भए कति । यादै छैन । एकजनासँग छुट्ने वित्तिकै अर्कोसँग भैहाल्थ्यो ।
यसोभए तपाई त प्ले व्वाई पो हुनुहुँदो रहेछ हैन ?
म प्ले व्वाई हैन । मलाई केटीहरुले नै प्ले व्वाई बनाएका हुन् । म राम्रो नाच्ने भएकाले केटीहरु पछि लागेर हैरान पार्थे । यसैले धेरैसँग लभ गरियो ।
साँचो प्रेम कतिसाग भयो ?
साँचो प्रेम त ५ जना जतिसँग भयो । अरु त बाटोमा आए, एकछिन रमाए अनि गए ।
सेक्सको पहिलो अनुभव कहिले लिनुभयो ?
ठ्याक्कै याद छैन । कलेज पढ्दा जतिवेला म १६ बर्षको थिएा ।
त्यसपछि ?
गाउँघरको लभमा सेक्स हुादैनथ्यो । तर, काठमाण्डौ आएपछि दुई जनाको सहमती मै आधादर्जन जतिसँग सेक्ससम्बन्ध भयो ।
लोकदोहोरी खेलाईदिनु भन्दै कति आउाछन् सेक्स प्रस्ताव ?
आए त्यस्ता प्रस्तावहरु पनि । म तपाईसँग भिडियो खेल्नका लागि जे पनि गर्न तयार हुन्छु भन्नेहरुलाई मैले अस्विकार गरिसकेा । किनकी उनीहरु मेरो करिअर नै वर्वाद गर्नेगरी जासुस भएर पनि आएका हुनसक्छन् जस्तो लाग्यो ।
आफैंले चाहिं दोहोरी खेलाईदिन्छु भन्दै कत्तिलाइ सेक्स प्रस्ताव गर्नुभयो ?
मैले त्यस्तो गरेको छैन् । लोकदोहोरी मा यस्तो हुादैन । एकदिनमै छायांकन सकिने भएकाले पनि हामी त्यस्तो सम्वन्धसम्म पुग्नै पाउादैनौं । सिनेमामा पो ५० दिनसम्मसागै वस्नु पर्ने हुन्छ, यसैले के-के हुन्छ हुन्छ नि ।
देख्ने वित्तिकै सेक्स गर्न मन लाग्ने महिला को हो तपाईको नजरमा ?
ऐश्वर्या राय । मेरो कोठामा उसको ठुलो फोटो थियो । विहान उठ्न वित्तिकै उसको फोटो हेर्थे र विस्तारैबाट किस गर्थे अनि मात्र फ्रेस हुन्थें ।
अहिले कसलाई देखेर हुन्छ सेक्स डिजाएर ?
अहिले सवै कुरा करिना कपुरसँग गर्न मन लाग्छ ।
जिन्दगीमा नसोचेको कोही व्यक्तिसँग भेट भएको छ ?
म पहिला क्यासिनोमा नाच्थो । त्यतिबेला भारतीय नायक गोविन्द आउनुभएको थियो । उहाँलाई भेट्ने मेरो ठुलो सपना थियो । क्यासिनोमा उहाँलाई भेट्दा सपना जस्तो लागेको थियो ।
अवको सपना के छ ?
मेरो एउटै सपना छ, सिनेमाको निर्देशन गर्ने ।
कस्तो सिनेमा बनाउन मन लागेको छ ?
मलाई एकदमै कमेडि सिनेमा बनाउने रहर छ ।

असोज, काठमाडौं । वर्ष दिनमा एकपटक आउने तीज । अरुबेला आआफ्नै कामधन्दाले बाहिरफेर निस्कन त्यत्ति फुर्सद नहुने महिलालाई यो बेला धक फुकाएर नाचगान गर्ने मन हुन्छ । नयाँ साडी र गरगहनामा ठाँटिने मौका पनि यही हो । तीजको बेला सकेसम्म शिरदेखि पाऊसम्म गहनाले झरिझुट्टै भएर नाच्न महिलाहरु मन पराउँछन् । तर यसपटक त्यस्तो देखिएन ।
दिनप्रतिदिन सुनको भाऊ पनि बढ्दै गएको र चोरी हुने डर पनि उत्तिकै भएका कारण महिलाहरुमा गहनाप्रतिको मोह केही घटेको हो । ‘पोहोर परारसम्म गहना चोरीका घटना हुन्थे, तर यसपटक यस्तो देखिएको छैन’ पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नरोत्तम वैद्यले भन्नुभयो । त्यसो त कोषले हरेक वर्ष बहुमूल्य गहना लगाएर नआउन महिलाहरुलाई आहृवान गर्ने गरेको छ । यसपटक पनि कोषले यस्तै आग्रह गर्यो । ‘हामीले आग्रह गरेपनि केहीले भने बहुमूल्य गहना लगाउने गर्छन्’ वैद्यले भन्नुभयो-’तर यसपटक यो प्रवृत्ति कम भएको छ ।’
केही केहीले बहुमूल्य गहना लगाएको देखिएपनि धेरैले भने गहना प्रदर्शन नगरेको वैद्यले बताउनुभयो । पशुपति बाहेक अरु ठाउँमा भेला भएका महिलाहरुले पनि गहना प्रदर्शन कम मात्रै गरेका छन् । छड्के तिलहरी लगाएपनि कान र नाकमा सुनका गहना देखिँदैन । ‘यसपटक भाऊ बढेर पनि गहना प्रदर्शन गर्ने प्रवृत्ति कम भएको हुन सक्छ’ पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नरोत्तम बैद्यले भन्नुभयो ।
भाउले ६० हजार नाघेपछि सुनको कुरा सुन्ने बित्तिकै धेरैले जिब्रो टोक्ने गरेका छन् । त्यसैले भएकाहरु पनि सुन लगाएर हिँड्न डराएका छन् । नयाँ किन्ने आँट त धेरैले गर्नै सकेका छैनन् । ‘अहिले सुनको कारोबार हुने सिजन हो, तर कारोबार झण्डै ठप्प छ’ नेपाल सुनचाँदी व्यवसायी संघका महासचिव माणिकरत्न शाक्यले भन्नुभयो -’पहिले जस्तो यसवर्ष तीजमा सुन कारोबार भएन ।’ भएकाले पनि लगाउन डराएको र नभएकाले किन्न नसकेको कारण यसवर्ष तीजमा गहना प्रदर्शन कम भएको हो ।
स्वास्थ्यलाई मौसमको साथ
तीजमा निराहार व्रत बस्ने चलन छ । कतिले त पानी पनि पिउँदैनन् । दिनभर केही नखाई नाच्दा धेरैजना बिरामी पनि हुन्छन् । पोहोर परार पशुपति दर्शन गर्न जाने धेरैजना बेहोस भएर लड्ने गर्थे । तर यसपटक यस्तो घटना भएको छैन । ‘हामीले मूल गेटदेखि ठाउँठाउँमा स्वास्थ्य शिविर राखेका छौं, तर गम्भीर बिरामी भएका घटना अहिलेसम्म छैन’ पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव नरोत्तम बैद्यले भन्नुभयो ।
यसपाली मौसमका कारण दर्शनार्थीलाई सहज र सुविधा भएको हो । झमझम पानी परेको पनि छैन । घाम पनि लागेको छैन । पोहोर परार घाम र गर्मीका कारण दर्शनार्थी बढी बिरामी हुने गर्थे । ‘यसपटक मौसमको कारणले होला दर्शनार्थीलाई समस्या छैन’ वैद्यले भन्नुभयो-’अघिल्ला वर्षहरुमा जस्तो बिरामी हुने समस्या देखिएन ।’

एक महिने भ्रमणका लागि अमेरिका पुगेकी अभिनेत्री अरुणिमा लम्सलको सहकर्मी युना उप्रेतीसंग भेट भएको छ । टेक्सास बस्ने युनाले न्यूर्योकमा रहेकी अरुणिमालाई भेट्न आएपछि उनीहरु क्वीन्स मलमा सपिङ गर्न समेत गएका थिए । युनाले अरुणिमाका लागि ब्याग गिफ्ट समेत दिईन् ।
अमेरिकामै बसोबास गर्ने नेपालीसंग केही महिना अघि सामान्य विवाह गरेकी युना मंसिर सम्ममा नेपाल फर्किने र धुमधामका साथ विहे गरेर पुनः अमेरिकामा जाने तयारीमा समेत रहेको बुझिएको छ । यस्तै युनाको नयाँ खबर चाहि उनले ग्रिन कार्ड प्राप्तीको सम्पूर्ण तयारी पुरा पनि गरेकी छिन् ।
श्रीमान् अमित अर्यालका साथ अमेरिका घुम्न निस्किएकी अरुणिमासंगै युनाको भेट रञ्जना शर्मासंग पनि भएको थियो । जतिबेला उनीहरुले निकै रमाईलो गरेका थिए । छोरी पाएपछि हनिमुन स्टाईलको भ्रमणमा निस्किएकी अरुणिमा क्लोराडो, ओक्लुहा, लस भेगसका विभिन्न विभिन्न रमणीय स्थल भ्रमण गरी नेपाल फर्किने छिन् ।
मुम्बई, असोज १ (एजेन्सी) - शाहरुख खान जव तक है जानबाट के फुर्सदिला भएका थिए उनी अर्को फिल्म चेन्नई एक्सप्रेसमा सक्रिय हुन थालिसकेका छन्। आफ्नो नयाँ फिल्ममा सक्रिय रहेका उनले फिल्मलाई सफल बनाउन सबै हतकण्डा अपनाउने तयारी गरिरहेका छन्। फिल्मका म्युजिक कम्पोजर शेखर रवजियानीको घरमै पुगेर उनले चेन्नई एक्सप्रेसबारे छलफल गरेका छन्।
शाहरुख हालै कास्मिरमा यशराज फिल्मको सुटिङ पूरा गरेर मुम्बई फर्केका हुन्। मुम्बई आउनासाथ उनले काम थालिहाल्नुलाई महत्वपूर्ण रुपमा हेरिएको छ। बलिउडमा उनलाई अर्का दुई खान सलमान र आमिरले कडा टक्कर दिइरहेका छन्। सलमानका पछिल्ला सबै फिल्मले बक्स अफिसका रेकर्डहरु आफ्नो कब्जामा पारिसकेको छ। त्यसैले पनि शाहरुखलाई नयाँ रेकर्डमा आफ्नो उपस्थिति जनाउनु अनिवार्यजस्तै भएको छ।