नयाँ बर्ष लागेपछि युएइमा तीन जना नेपालीको ह्रदयघातबाट मृत्‍यु

बसन्तमोहन अधिकारी, यूएई नेपाली राजदूतावासका प्रथम सचिव लोक बहादुर क्षेत्री नेपाली श्रमिकहरुका दुख सुखमा साथ दिंदै आउँनु भएको राजदूतावासको कर्मचारीमा मानिनुहुन्छ। उहाँको भनाई अनुसार २०१० मा ८८, २०११ म ६७, २०१२ मा ५९ जना नेपालीको बिभीन्न कारणले मृत्‍यु भएको छ। तर यस बर्षको शुरुवातमा नै तीन जना नेपालीको ह्रदयघातबाट मृत्यू भएको छ।

हिजो राति १० जनवरीमा खाना खाई १० बजें सुत्नु भएका सतिस्वारा गा वि स वडा नं. ३ तन्हु घर भई आबुधावीको नेसनल मरीनमा काम गर्दै आउँनु भएका मनोज बस्नेत ११ तारिक बिहान डिउँटी जान नउठेपछि साथिले उठाउँदा मृत्य अवस्थामा फेला पर्नु भएको छ। यूएईमा ह्रदयघात भइ मर्ने नेपालीको संख्या बढि रहेको प्रथम सचिव बताउँनु हुन्छ।