को होला चुनावपछि कांग्रेसको भावी प्रधानमन्त्री ?
२२ साउन, काठमाडौं । नेकपा एमालेले जस्तै नेपाली कांग्रेसले पनि अघिल्लो संविधानसभा चुनावमा पहिलो पार्टी हुने दाबी गरेको थियो । माओवादीले भन्दा पहिले आफ्नो पार्टीले संविधानसभाको वकालत गरेको भन्दै उसले आफ्नो घोषणापत्र र चुनावी अभियानलाई यसलाई जोडतोडका साथ उठाएको थियो । यसपालिको घोषणापत्रमा कांग्रेसले के विषयलाई जोड दिन्छ भन्ने अहिलेसम्म प्रष्ट भइसकेको छैन । विगतमा कांग्रेसले गिरिजाप्रसाद कोइरालालाई भावी प्रधानमन्त्रीका रुपमा उभ्याएको थियो ।
विश्वेश्वरप्रसाद कोइरालादेखि गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको योगदान र भूमिकालाई कांग्रेसले अघिल्लो चुनावमा राम्रैसित प्रयोग गर्यो । त्यतिमात्र होइन, मुलुकमा लोकतन्त्र र दीगो शान्ति स्थापनाका लागि कांग्रेसबाहेक अर्को पार्टी छैन भनेर नेताहरुले दाबीसमेत गरे ।
‘समृद्धि, स्वाभिमान र समानता । शान्ति, सुरक्षा र स्वतन्त्रता ।’ भन्ने मूल नारा भए पनि ‘राष्ट्रिय एकता लोकतन्त्र र दीगो शान्ति’ आफ्नो मुख्य एजेण्डा भएकोमा कांग्रेसले जोड दिएको थियो । जुन कुरालाई अहिले पनि कांग्रेसका नेताहरुले बारम्बार दोहोर्याउने गर्छन् ।
अब देखाउने मान्छे को ?
अघिल्लो चुनावमा कांग्रेसले बीपी कोइरालादेखि शेरबहादुर देउवासम्मको भूमिकालाई सम्झेको थियो । २००७ सालपछि बीपी, ०१७ सालपछि सूवर्ण समशेर, ०४६ सालमा गणेशमान सिंह, त्यसपछि कृष्णप्रसाद भट्टराईले पार्टी र देशको लागि महत्वपूर्ण योगदान गरेको भन्दै चुनावी घोषणापत्र मार्फत उनीहरुको सम्झना गरिएको थियो । त्यसपछिको कालखण्डमा गिरिजाप्रसाद कोइरालाको भूमिकालाई प्रशंसा गरियो । कोइराला जीवितै छँदा तयार भएको ०६४ सालको घोषणापत्रमा भनिएको थियो-’मुलुकको राजनीतिकलाई साझा उदेश्य र संघर्षमा डोहोर्याउन अभूतपूर्व नेतृत्व प्रदान गर्ने श्रदेय नेता गिरिजाप्रसाद कोइरालाको ऐतिहासिक भूमिकाप्रति नेपाली जनताले उच्च सम्मान गरेको हामीले महसुस गरेका छौं ।’
पार्टी एक भएपछिको पहिलो चुनाव भएकाले घोषणापत्रमा शेरबहादुर देउवालाई पनि खुशी पारिएको थियो । ‘विभाजित भएको पार्टीलाई एक बनाउन कोइराला र देउवाको भूमिका महत्वपूर्ण छ’ घोषणापत्रमा भनिएको थियो । घोषणापत्रमा उल्लेखित यी नाममध्ये अब देउवा मात्र बाँकी हुनुहुन्छ । अहिले देउवा पार्टीको मूल नेतृत्वमा हुनुहुन्न । नेतृत्व सम्हालेका सुशील कोइराला पनि त्यति धेरै शक्तिशाली हुनुहुन्न । त्यसैले कांग्रेसले अबको घोषणापत्रमा कसको नामलाई बढी ‘हाइलाइट’ गर्छ त्यो केही दिनमै थाहा होला ।
के भनेको थियो कांग्रेसले ?
शान्ति र लोकतन्त्रको मन्त्र जप्ने कांग्रेसले पहिलो संविधानसभामा यसै अनुसारको घोषणापत्र तयार पारेको थियो । संविधानका वास्तविक लेखक जनता मात्र हुन् र राज्य सञ्चालनको सम्पूर्ण अधिकार जनताको प्रतिनिधिको हो भनेर आफ्नो पार्टीले २००६ सालमै उद्घोष गरेको स्मरण गराउँदै कांग्रेसले घोषणापत्रमा मुख्यगरी निम्न कुरामा जोड दिएको थियो :
· राष्ट्रिय एकता, शान्ति र विकासका लागि लोकतन्त्र ।
· बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्र ।
· सबै जातजाति, भाषा र संस्कृतिको समान अधिकार स्थापित र सम्मान गर्ने ।
· नेपाल एक स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न पूर्ण लोकतान्त्रिक संघीय गणतन्त्रात्मक राज्य हुनेछ ।
· राष्ट्र प्रमुखको रुपमा राष्ट्रपतिको निर्वाचन केन्द्रीय संसद र प्रादेशिक संसदका सदस्यहरुबाट हुनेछ ।
· केन्द्रीय कार्यपालिकाको प्रमुख प्रधानमन्त्री हुनेछ । कार्यकारी अधिकार प्रधानमन्त्रीमा निहित हुनेछ ।
· केन्द्रीकृत एकात्मक राज्यलाई परिवर्तन गरी लोकतान्त्रिक शासन प्रणाली सहितको स्वायत्त प्रदेशहरुको संघका स्वरुपमा अखण्ड र अभिभाज्य सार्वभौमसत्ता सम्पन्न संघीय गणतन्त्रात्मक नेपालको निर्माण गरिनेछ ।
· प्रदेश रचनाको प्रमुख आधारहरु नेपालको राष्ट्रिय अखण्डता, भौगोलिक अवस्थिति र अनुकूलता, जनसंख्या, प्राकृतिक स्रोध र आर्थिक सम्भाव्यता, प्रदेशहरुको अन्तरसम्बन्ध, भाषिक/जातीय एवं सांस्कृतिक सघनता, राजनीतिक/प्रशासनिक सम्भाव्यता आदि हुनेछ । तराई, पहाड, हिमालका बिभिन्न क्षेत्रमा बसोबार गर्ने मधेसी, आदिवासी जनजाति, दलित तथा अन्य बिभिन्न समूहको बिशिष्ट चरित्रलाई उनीहरुको भावना अनुरुप संघीय संरचनामा प्रत्याभूति प्रदान गरिनेछ ।
· केन्द्र, प्रदेश र स्थानीय सरकारको अधिकार र काम कर्तव्यलाई संविधानले अलग अलग सूचिका आधारमा छुट्याइदिनेछ ।
· केन्द्रमा कार्यपालिका प्रमुखको रुपमा प्रधानमन्त्री र प्रदेशमा प्रदेश प्रमुखको व्वस्था गरिनेछ । केन्द्रीय र प्रादेशिक मन्त्रिपरिषदको गठन समावेशी सिद्धान्तका आधारमा गरिनेछ ।
· जमीन, जल, जंगल, जडिबुटी, जैविक बिबिधता आदिको प्रयोग र संरक्षणलाई किसानको नैसर्गिक अधिकार मानिनेछ ।
· प्रवासी तथा गैरआवासीय नेपालीहरुको सिप र पूँजीलाई देश विकासमा लगाउन विशेष व्यवस्था मिलाइनेछ ।
· आगामी ५ वर्षभित्र नेपाल आउने पर्यटकको संख्यामा दोब्बर बृद्धि गरि १० लाख पुर्याइनेछ र रोजगारका अवसरहरु सिर्जना गरिनेछ ।
· आगामी १५ वर्षभित्र देशबाट रिनपेक्ष गरीबीको अन्त्य गर्ने लक्ष्य लिइनेछ ।
· छिमेकी मित्रराष्ट्र भारत र चीनसँगको सम्बन्धलाई अन्तर्राष्ट्रिय सम्बन्धका मूल्य र मान्यता अनुरुप व्यवहारिक र वस्तुनिष्ट आधारमा मैत्रीपूर्ण बनाइनेछ ।
· राष्ट्रिय सुरक्षाको जगेर्ना गर्ने जिम्मेवारी सेनाको मात्र नभई मुलुकका सबै जनताको हो भन्ने सुरक्षा नीतिको मान्यता स्थापित गरिनेछ ।
· विश्वविद्यालयको शैक्षिक स्तरलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिष्पर्धी बनाउन जोड दिइनेछ ।
· देशभित्र नै सबै प्रकारका स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सबै सरकारी, निजी एवं गैरसरकारी क्षेत्रमा स्वास्थ्य क्षेत्रको लगानी बृद्धि गर्ने नीति लिइनेछ ।
· खाद्य सुरक्षाको लागि भोक र कुपोषणका बिरुद्ध युद्ध शुरु गरिनेछ ।
· सबैका लागि रोजगारी सुनिश्चित गरिनेछ ।
· आय, आर्जन र रोजगारी बढाउन लघु कर्जा कार्यक्रमलाई देशभर विस्तार गर्ने नीति अवलम्बन्ध गरिनेछ ।
· श्रमिकहरुको हित संरक्षणका लागि सामाजिक संवाद र सामुहिक सौदावाजीको प्रकृयालाई प्रोत्साहित गरिनेछ ।
· युवा पुस्तालाई ज्ञान र प्रविधि शक्तियुक्त बनाएर सुरक्षित भविष्य सुनिश्चित गरिने छ ।
· मस्यौदा समितिबाट संविधानको अन्तिम मस्यौदा तयार भएपछि संविधानसभाद्वारा निर्धारित प्रकृया अनुसार संविधान पारित गरिनेछ ।
· शासकीय सुधार, पारदर्शीता, जवाफदेहिता, विधिको शासन, नागरिक स्वतन्त्रता, सुरक्षा र हकअधिकार तथा न्यायको प्रत्याभूति गरिनेछ ।
· बाढी, पहिरो जस्ता प्राकृतिक विपद एवं सामाजिक द्वन्द्व र हिंसाबाट प्रभावित व्यक्ति र परिवारलाई आवश्यक सहयोग उपलव्ध गराइनेछ ।
· जीवनका आधारभूत आवश्यकतालाई ध्यानमा राख्दै शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरहरुको बृद्धि गर्ने र गराइनेछ ।
· नेपाली कांग्रेसको यो घोषणापत्र नयाँ नेपालको भविष्य र समुन्नतिको स्पष्ट दस्ताबेज हो ।