नायक राजेश हमाल र सचिव चढेको र्याफ्टिङ दुर्घटना,
साउन २० । चलचित्रका पर्दामा पहाडबाट हाम्फल्ने तथा ठूला नदीमा डुबेका व्यक्तिलाई पौडेर उद्धार गरेको दृश्य देखाउने नायक राजेश हमाल बागमती नदीमा र्याफ्टिङकै क्रममा डुबे भनेको सुन्दा आश्चर्य लागेपनि यो वास्तविक घटना नै बन्न पुगेको छ ।
बागमती सभ्यता बचाउ अभियानमा सक्रिय राजेश र सहरी विकास मन्त्रालयका सचिव किशोर थापा र्याफ्टिङका क्रममा शनिबार बागमती नदीमा खसेर डुबेका थिए । उनीहरू र्याफ्टिङ दुर्घटनामा परे पनि कुनै चोटपटक नलागेकाले सकुशल छन् ।
बागमती सफाइ अभियान–२०७० अन्तर्गत जनचेतना जगाउने उद्देश्यले शनिबार आयोजना गरिएको याफ्टिङमा उनीहरू दुवैजना एउटै डुङ्गामा सवार थिए । Wगुहेश्वरीमाथि गोठाटारस्थित बागमती पुलबाट तिलगङ्गाका लागि छुटेको डुङ्गा गुहेश्वरी र पशुपति मन्दिर क्षेत्रबीचको खोँचमा पुगेपछि ठोक्किंदा दुवैजना डुङ्गाबाट चिप्लिएर नदीमा खसेका थिए ।
पर्यटन मन्त्री रामकुमार श्रेष्ठ, मुख्य सचिव लीलामणि पौडेल, सचिव थापा, नायक हमाल, नेपाल र्याफ्टिङ एसोसिएसनका मेघ आलेसहितका व्यक्ति सवार सो डुङ्गाको पछिल्लो भागमा हमाल र थापा बसेका थिए ।
खोँचमा पानीको अत्यधिक बहाव भएको ठाउँमा डुङ्गाको अघिल्लो भाग उचालिन जाँदा पछिल्लो भागबाट उनीहरू नदीमा खसेका थिए । नदीमा खसेका दुईमध्ये सचिव थापा पौडी खेलेर आर्यघाट नजिक उत्रन सफल भए भने नायक हमाललाई भने सोही डुङ्गामा रहेका अन्य सहयोगीले तानेर उद्धार गरेका थिए । सो घटनापछि नायक हमाल बागमती सफाइ अभियानको सिलसिलामा तीलगङ्गामा आयोजना गरिएको औपचारिक समारोहमा सामेल भएनन् ।
तर सचिव थापा भने सो घटनापछि समेत तीलगङ्गादेखि शान्तिनगरस्थित बागमती नदीको सफाइ अभियानमा पैदल यात्रा गरेरै फोहर टिप्ने कार्यमा जुटेका थिए । अत्याधिक पानीको बहाव भएको स्थानमा डुङ्गाबाट खसेपनि आफूमा पौडी खेल्ने अनुभव भएकाले पौडेर आर्यघाट नजिक किनारमा लाग्न सफल भएको सचिव थापाले राससलाई प्रतिक्रिया दिए ।
चोभार नजिक २०३४ सालसम्म बागमती नदीमा पौडी खेल्दाको अनुभवका कारण आफू पौडी खेलेर पार लाग्न सफल भएँ, कुनै चोटपटक लागेन–उनले भने । पानीको तीब्र बहाव, केही बस्तुमा डुङ्गा ठोकिन गएको र यात्रुको बसाइँको सन्तुलन नमिलेका कारण डुङ्गा ढल्कन गई दुवै जना नदीमा खसेको अनुमान गरिएको छ । र्याफ्टिङ गर्दा यात्रुले अपनाउनु पर्ने सावधानीप्रति सचेत नहुँदा यस्ता दुर्घटना हुने गर्दछन् ।
नेपाल र्याफ्टिङ एसोसिएसनको आयोजनामा सो ¥याफ्टिङ भएको थियो । सो कार्यक्रममा १२ डुङ्गाको प्रयोग गरिएको थियो । भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |