स्थानीय केटीलाई किस खादा युवकमाथि १७ पटक छुरा प्रहार

१७ असार, एजेन्सी । स्थानीय केटीलाई किस गरेको भन्दै एक १७ वर्षिय किशोरमाथी एक समूहले १७ पटक छुरा प्रहार गरेका छन् । बेलायतका १७ वर्षीय ड्वेन वार्डलाई टर्कीमा एक केटीलाई किस गरेको आरोपमा त्यहाँका स्थानीय युवाको समूहले कुटपिट गरी १७ पटकसम्म छुरा प्रहार गरेर मर्नका लागि छाडिदिएका थिए । तर, उनलाई कसैले उद्धार गरी अस्पताल पुर्याएपछी उनले जीवन जोगिएको छ । चिकित्सकहरू समेत ड्वेनलाई निकै भाग्यमानीको संज्ञा दिन्छन् । १७ पटक सम्म छुरा प्रहार गरीएका ड्वेनको जीवन बचाउन सकेकोमा चिकित्सकहरू समेत निकै खुसी छन् ।



चिकित्सकहरूका अनुसार छुरा प्रहारका क्रममा ड्वेनको मुटुमा थोरै अन्तरले मात्र छुन नसकेका कारण उनको जीवन जोगिन सकेको हो । उनलाई कम्मर, छाती, खुट्टा लगायतका ठाऊँमा ती युवाको समूहले चक्कु आक्रमण गरेको थियो । ड्वेनलाई शररिको पछाडिको भागमा बारम्बार चक्कु रोपिएको थियो भने उनको खुट्टामा समेत चक्कु प्रहार गरिएको थियो । यस्तै, उनको कम्मरमा पनि चक्कु प्रहार गरिएको थियो । चक्कु प्रहारपछी बेहोस भएका उनलाई सडकमा त्यतिकै छाडेर आक्रमण गर्ने युवाहरू आफ्नो बाटो लागेका थिए । उनलाई भोलिपल्ट बिहान मात्र पार्कमा बेहोस अवस्थामा भेटिएको थियो र उनलाई अस्पताल पुर्याइएको थियो । चिकित्सकहरूले करिब पावच घन्टा लामो शल्यक्रिया गरेका थिए ।



ड्वेन आफ्नी आमा र मामाका साथमा टर्कीमा बिदा मनाउन आएका थिए । उनले उक्त बिदा मनाउने क्रममा सुरूमा निकै रमाइलो गरेपनि पछीका दिन भने उनका लागी जीवन-मरणको संघर्षका दिन बन्न पुगे । अहिले उनी अस्पतालमा उपचार गराइरहेका छन् ।