एसएलसीमा फेल भएका युवकले गरे चमत्कार
१७ असार, हेटौँडा । कुनै समय गुण्डागर्दी र चेलीबेटी बेखबिखन हुने क्षेत्रका रूपमा परिचित मकवानपुरका पदमपोखरी गाविसका युवाहरू नयाँ प्रविधिको अविष्कार गरेर आफ्नो गाउँको परिचय बदल्नेतर्फ लम्किरहेका छन्।

पदमपोखरी–१ का सुनिल थिङले स्पाइडर कार निर्माण गरेका छन्। घरवरिपरि पाइने काठका टुक्रा तथा टिनको प्रयोग गरेर नयाँ विद्युतीय कारको नमुना निर्माण गरेका छन् थिङले। करिब दुई महिनाको प्रयासपछि उनी नमुना कार निर्माण गर्न सफल भएका हुन्। अगाडिको भाग घुम्न सक्ने गरी उनले कार निर्माण गरेका छन्।
यस वर्ष एसएलसी परीक्षामा अनुत्तीर्ण उनी भविष्यमा वैज्ञानिक बन्ने उद्देश्य रहेको बताउँछन् । आफ्नो सोच र पढाइ नमिलेका कारण परीक्षामा अनुत्तीर्ण भएको दाबी गर्ने थिङ अगामी एसएलसी जसरी पनि पास हुने प्रण गर्छन् । ‘आगामी एसएलसीमा उत्तीर्ण भएर आफ्नो रुचिको विषय अध्ययन गर्नेछु –उनले भने।
यस वर्ष एसएलसीमा अनुत्तीर्ण पदमपोखरी–३, रमनथलीका एकबहादुर गोलेले करिब चार महिना लगाएर भ्याकुम निर्माण गरेका छन्। करिब साढे पाँच भोल्ट विद्युत् प्रवाह गरेर गोलेले निर्माण गरेका भ्याकुमका सबै भागमा काठ र टिन प्रयोग गरिएको छ। उनले भ्याकुम निर्माणका क्रममा विद्यालयमा अध्यापन गराउने शिक्षकले केही सहयोग नगरेपछि अध्ययन गर्नै मन नलागेको सुनाए।
‘शिक्षक भनेको आफ्नो विषयमा विज्ञ हुनुपर्छ’, गोलेले भने– ‘सामान्य कुरासमेत भन्न नसक्ने पनि शिक्षक हुन्छ⁄’ सामान्य विद्युतीय मेसिनहरू विभिन्न समयमा निर्माण गरिसकेका गोले भविष्यमा इन्जिनियर बनेर आफ्नो सपना पूरा गर्ने सोचमा छन्। आगामी एसएलसीका लागि अब तयारीमा जुट्ने बताउँदै उनले प्रविधिक निर्माण गर्नेतर्फ अझै केन्द्रित हुने सुनाए। सानो उमेरदेखि नै घरका पुरानो रेडियो खोल्ने र बिग्रिएको ठाउँ पहिल्याउनेतर्फ केन्द्रित हुँदै पदमपोखरीकै आकश गुरुङ रोबोर्ट कार निर्माण गर्न सफल भएका छन्। विद्युतीय कार निर्माण गर्न उनलाई तीन महिना समय लाग्यो । ‘सानैदेखि मलाई विद्युतीय सामग्री निर्माण गर्न मन लाग्थ्यो’, गुरुङले भने– ‘अब कसैले सहयोग गरेमा म अझै आफूलाई अब्बल प्रमाणित गर्नेछु भने खबर नेपाल समाचार पत्र दैनिकमा रहेको छ।’
उनले सपनामा पनि यस्तै खाले प्रविधिको विकास गरेको देख्ने गरेको सुनाउँदै आगामी वर्ष एसएलसी परीक्षापश्चात प्राविधिक विषय अध्ययनका लागि काठमाडौं जाने सोचमा छन् गुरुङ। ‘मेरो सपना पूरा गर्न रातदिन नभनी दत्तचित्त भएर लाग्नेछु, गुरुङले भने– ‘तर परिवारको आर्थिक अवस्था भने कमजोर छ।’ उनीहरूको प्रतिभाको कदर गर्दै हेटौंडाको रिसु मिडिया एन्ड आर्टस् प्रालिले ‘डकुमेन्ट्री’ निर्माण गर्ने भएको छ। प्रालिका सञ्चालक रिपेश दाहाल ‘ऋद्धि’ का अनुसार डकुमेन्ट्री राष्ट्रिय मिडियामार्फत प्रसारण निमित्त पहल गरिनेछ।
भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |

विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं