के छापियो शनिबारका दैनिक पत्रिकामा ?

आज मिति २०७० असार २२ गते शनिबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले एक हजार तीनसय ५२ पूर्व लडाकू अब नेपाली सेना भएको खबरलाई प्रमुखताका साथ छापेका छन् ।

कान्तिपुर दैनिकले बद्रीनाथमा हराएका तिर्थालुका आफन्त नभेटिएको खबरलाई मुख्य रुपमा छापेको छ भने नागरिक दैनिकले दार्चुलामा बाढीको त्रास बढिरहेको खबरलाई मुख्य रुपमा छापेका छ ।

ट्रावल एजेन्सीले नै म्यानपावर चलाएको खबरलाई राजधानी दैनिकले मुख्य बनाएको छ भने माओवादीले तत्कालीन र दीर्घकालीन नीति बनाउँदै गरेको नयाँ पत्रिकामा खबर छ ।