आस्थाले झुम्के बुलाकी नपाएपछि (भिडियोसहित)

गायिका आस्था राउतले चलचित्र ‘मायाज बार’मा समावेश ‘माया यो माया’ बोलको गीतमा आवाज दिएपछि निक्कै चर्चा पाइन् । आस्था यसपछि नेपाली सांगीतिक क्षेत्रमा सुरिलो र फरक खालको आवाज भएकी गायिकाको रुपमा चिनिइन् ।गायन क्षेत्रमा चर्चा कमाएपछि गायिका राउतले ‘आधार’ एल्बम बजारमा ल्याएकी छिन् । भाइब्स क्रियशनले बजारमा ल्याएको यो एल्बमको सोमबार काठमाण्डौमा आयोजना गरिएको एक कार्यक्रममा वरिष्ठ संगीतकार अम्बर गुरुङले बिमोचन गरेका छन् । ७ गीत समावेश यो एल्बममा सुरेश अधिकारीले संगीत भरेका छन् । कार्यक्रममा संगीतकार महेश खड्का, लक्ष्मण शेष, वसन्त सापकोटा लगायतका श्रष्टाहरुको पनि उपस्थिती थियो । यसैबिच एल्बममा समावेश ‘झुम्के बुलाकी’ बोलको गीतको भिडियो पनि तयार पारिएको छ । श्रीधर पौडेलको छायांकनमा तयार भएको यो भिडियोलाई पवन पौडेलले निर्देशन गरेका हुन् । भिडियोको मेकिङ निक्कै फरक र रोचक तबरले गरिएकाले पनि दर्शकले मन पराउने विश्वास गरिएको छ ।।©अनलाइनखबर

 भिडियो हेर्नुस्