सलमानलाई टक्कर दिँदै नयाँ चुलबुल पाण्डे

एजेन्सी- बलिउड फिल्म ‘दबंग’बाट चुलबुल पाण्डेको भूमिकामा सराहनीय अभिनय गरेका सलमान खानलाई चुनौती दिन अर्का चुलबुल पाण्डे आउने भएका छन्। अभिनव काश्यपको आगामि चलचित्र ‘बेशरम’का लागि अर्का चुलबुल पाण्डे आउन लागेको भारतीय सञ्चारमाध्यमले जनाएको छ। अभिनवले ऋषि कपुरलाई चुलबुल पाण्डेको पात्र दिएको बुझिएको छ।



सञ्चारमाध्यमले जनाएअनुसार ऋषि कपुर प्रहरी निरीक्षकको भूमिका निर्वाह गर्नेछन्। त्यस्तै फिल्मको बुलबुलमा भने नितु कपुरको अभिनय रहनेछ। दबंगका निर्देशकसमेत रहेका अभिनवले नै सलमान खनलाई चुलबुल पाण्डेको भूमिका दिएका थिए।

दबंग आफूद्वारै निर्देशित फिल्म रहेकाले उक्त नाममा पहिलो आफ्नो हक लाग्ने भन्दै अभिनवले सोही नामको पात्रमा अर्को फिल्म बनाउन लागेका हन्। तर फिल्म नगरीमा भने उनले जानाजानी त्यस्तो कार्य गरेको आरोप लाग्ने गरेको छ। अभिनवले सो पात्र अरुलाई दिएर सलमान खनालाई चिढ्याउन खोजेको समेत सञ्चारमाध्यमले उल्लेख गरेका छन्। नयाँ चुलबुल पाण्डेले पुरानो चुलबुल पाण्डेलाई कतिको चुनौति दिने हुन् त्यो हेर्न भने फिल्म रिलिज भएपछि थाहा हुनेछ।