‘रङ वे’ मा पनि जियाले खोलिन् भित्री बस्त्र, सिनेमामा टिक्ने यस्तै हो त अस्त्र ? (भिडियो)

उसो त यतिबेला नायिका जिया केसी चलचित्रमा अब उत्तेजक दृश्य नदिने तर्क गर्दै हिडेकी छिन् । तर पनि उनले अभिनय गरेका अधिकांश चलचित्रले अश्लिलताको पराकाष्ट नाघेकै कारणले चर्चामा छन् । चलचित्र ‘एटीएम’मा जियाले दिएको दृश्यले बजार निक्कै ततायो ।तर चलचित्रलाई सेन्सर बोर्डले प्रदर्शनमा नै रोक लगाइदियो । चर्चामा आउनकै लागि जियाले ‘बर्बाद’ नामक अर्को सिनेमामा पनि सकेजती कपडा खोलिन् । तर यो चलचित्रलाई पनि सेन्सरले रोकिदियो । हालै मात्र जियाले नै अभिनय गरेको नयाँ चलचित्र ‘रङ वे’ को प्रोमो सार्वजनिक भएको छ । चलचित्रको प्रोमोले पनि सेक्स र अश्लिलतालाई पस्केको स्पष्ट झल्कन्छ । चलचित्रमा नायिक केसीले आफ्नो भित्री बस्त्र मझैले खोलेकी छिन् । यो प्रोमोलाई पनि अश्लिलताको अर्को नमूना भन्ने खालका चर्चा बजारमा चल्न थालेका छन् ।



जियाले प्रदर्शनका लागि तयार भएको चलचित्र ‘जीगिलो’मा पनि उत्तेजक दृश्य दिएको वुझिएको छ । उसो त यो चलचित्रको कुनै पनि सामाग्री बजारमा आइसकेको छैन । नेपाली सिनेमाका दर्शकहरु यस्ता उत्तेजक दृश्यका कारण भड्किन थालेका छन् । तर सामाजिक चलचित्र बनाएर चर्चामा आएका निर्देशक दिपक श्रेष्ठले निर्देशन गरेको ‘रङ वे’मा यस्ता खालका दृश्य र संवाद पस्कनु आफैमा दुखको कुरा हो । नेपाली सिनेमामा उत्तेजक दृश्य दिएर चर्चामा आउने अधिकांश नायिकाहरु अहिले पलायनको अवस्थामा छन् । चलचित्रमो पर्दामा उत्तेजक दृश्य दिने नायिका भन्दा सामान्य भूमिका गर्ने नायिकारुले नै चलेका छन् । यहाँ हामीले जियाले दिएका उत्तेजक दृश्य समावेश केही चलचित्रको भिडियो प्रस्तुत गरेका छौ । सबैभन्दा पहिला जियाले अभिनय गरेको नयाँ चलचित्र ‘रङ वे’को यो प्रोमो हेर्नुहोस् ।



यस्तै जीयाले नै अभिनय गरेको चलचित्र ‘एटीएम’मा समावेश एक गीत यस्तो छ ।



जीयाले चलचित्र ‘रिङरोड’को एक आइटम गीतमा पनि उत्तेजक हाउभाउका साथ नृत्य गरेकी छिन् ।



जीयाले नै अभिनय गरेको चलचित्र ‘बर्बाद’को प्रोमो र आइटम गीतमा पनि अश्लिलता झल्केको छ ।