महानायक बने न्यूड पेन्टर

फिल्मको पर्दामा महानायक राजेश हमाललाई दर्शकले प्रायः नायक, अभिभावक, प्रेमी तथा एक्सन शैलीमा प्रस्तुत भएका देख्छन् । फिल्ममा नायिकासँग रोमान्टिक मुद्रामा देखिईरहने महानायकलाई दर्शकले नौलो रूपमा पर्दामा देख्न पाउने भएका छन् । आगामी साउन ३२ गतेबाट अल नेपाल रिलिज हुन लागेको प्रतिक्षित फिल्म किन किनमा हमाललाई नग्न चित्र कोर्न रुचाउने चित्रकारका रूपमा देखिन लागिएको हो । फिल्मका निर्माता तथा निर्देशक उकेश दाहालद्वारा निर्देशित फिल्म ‘किन किन’मा नायिका अरुणिमा लामालाई स्टुडियोमा राखेर हमालले चित्र कोरेको अभिनय गरेका छन् । निर्देशक दाहालले अरुणिमा र राजेशको उक्त दृश्य खिच्न निकै समस्या भएको बताए । ‘यो निकै गम्भीर किसिमको काम थियो, त्यसैले दुई कलाकार र क्यामरापर्सनलाई एउटा कोठामा राखेर उक्त दृश्यको छायांकन गरिएको थियो,’दाहालले भने,‘शुरुमा त राजेश दाई र अरुणिमाजीले अप्ठ्यारो मान्नुभयो, तर वातावरणलाई सहज बनाउने प्रयास गरेपछि यो दृश्य खिच्न सजिलो भयो ।’ फिल्ममा नायिका लामालाई पूर्ण रूपमा नग्न बनाउँदै राजेशले क्यानभासमा अरुणिमालाई उतारेका छन् । नग्न क्यानभासका लागि तयार भएकी अरुणिमा पनि खुशी मुडमा देखिन्छिन् भने राजेश उक्त मुडलाई क्यानभासमा कैद गर्न व्यस्त हुन्छन् । यसअघि पुरुष वेश्याको कथा समेटिएको फिल्म पलपल बनाएर चर्चामा आएका उकेश न्युड आफैंमा कला भएकाले यसको मनोवैज्ञानिक पक्षलाई उजागर गर्न फिल्ममा प्रयोग गरिएको बताउँछन् । फिल्म हेर्ने दर्शकले कुनै दृश्य अश्लील नदेख्ने उकेशले दाबी गरे । फिल्मले सेन्सर बोर्डबाट एडल्ट सर्टिफिकेट पाइसकेको छ । फिल्ममा शशी खड्का, राज तिमिल्सिना, सुभाष थापालगायतका कलाकारले अभिनय गरेका छन् । Dcnepal.com

 भिडियो हेर्न तल बक्समा डबल क्लिक गर्नुहोस्।