बुद्धनगर हेडक्वार्टर ध्वस्त पार्ने युवा माओवादीको चेतावनी
प्रचण्डको गृहजिल्लामा वैद्य माओवादीको बैठक बस्दै
१४ असार, काठमाडौं । राजधानीको पेरिसडाँडामा एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको बैठक बसिरहेका बेला मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीका केन्द्रीय नेताहरुचाहिँ आजबाट पोखराको लुम्लेतिर लाग्न थालेका छन् ।
असार १५ देखि शुरु हुने केन्द्रीय समितिको आवासीय बैठकमा सहभागी हुन नेताहरु पोखरा जानेक्रम शुरु भएको हो । सो बैठकबाट वैद्य माओवादीको अहिलेको कार्यनीतिमा महत्वपूर्ण परिवर्तन आउन सक्ने नेताहरुले संकेत दिएका छन् । सो पार्टीका एकजना केन्द्रीय सदस्यले अनलाइनखबरसँग कुरा गर्दै भने-’पार्टी विभाजन भएको एकवर्षसम्म हामी एमाओवादीजस्तै अल्मलियौं, तर अब यो बैठकपछि स्पष्ट ढंगले अघि बढ्छौं ।’

प्रचण्डलाई लागी गर्ने र गद्दार भन्ने बेलामा सबै नेताहरु एकमुख भए पनि जनवादी क्रान्ति कसरी सम्पन्न गर्ने भन्नेमा चाहिँ नेताहरुभित्रै वैचारिक स्पष्टता नहुँदा पार्टी विभाजनको वर्ष दिनमा पार्टी प्रचण्डको भन्दा फरक नदेखिएको गुनासो बढेको ती नेताले बताए । ‘पेरिसडाँडा र वुद्धनगरमा दुईवटा हेडक्वार्टर बनाउन हामीले चाहेका हैनौं, क्रान्ति नै गर्ने हो भने बुद्धनगरको हेडक्वार्टर ध्वस्त गर्नुपर्छ र नेताहरु गाउँ पस्नुपर्छ । आवश्यक परे भूमिगत हुन पनि तयार हुनुपर्छ । शहरको घरबार पनि नबिगार्ने, क्रान्ति पनि सफल पार्ने भन्ने सम्भव हुँदैन ।’
लुम्ले बैठकले पार्टीलाई अलमल र दोधारबाट मुक्त गराई वार कि पार गराउने विश्व्ास पनि ती नेताले व्यक्त गरेका छन् । साथै आवश्यक परे नयाँ युवा नेतृत्वका साथ पार्टी अगाडि बढ्ने उनले दाबी गरे । ‘अहिलेको नेतृत्वले गोलचक्करको राजनीति छाडेर गाउँ जान तयार हुँदैन भने सक्षम नेतृत्व अगाडि आउँछ ।’ वैद्य माओवादीका ती नेताले अनलाइनखबरसँग भने-’यही बैठकमा नभए पनि वैद्यजीले आफू प्राधिकारमा बसेर नेतृत्वमा युवालाई ल्याउन तयार रहेको जनाऊ दिइसक्नुभएको छ ।’
प्रचण्डकैजस्तो शहरीया संसदीय गतिविधि गर्नका लागि अलग पार्टी नबनाइएको बताउँदै वैद्य माओवादीका ती युवा नेताले भने-’आवश्यक परे जहाँबाट बाटो बिराइएको थियो, त्यहीँबाट सच्याइन्छ, सेना बनाएपछि हतियार पनि स्वतः प्राप्त हुन्छ ।’onlinekhabar

विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं