चोरीको गाडीमा पूर्व अर्थमन्त्री बर्षमान पुनको सवारी,गाडी प्रहरी नियन्त्रणमा

काठमाण्डौं १४ असार एनेकपा माओवादी नेता तथा पूर्व अर्थमन्त्री बर्षमान पुन चढ्ने गरेको गाडी चोरीको भएको फेला परेपछि प्रहरीले गाडी नियन्त्रणमा लिएको छ ।



न्यूज २४ टेलिभिजनले पूर्वमन्त्री पुनले चढ्दै आएको गाडी नियन्त्रणमा लिएर अहिले अपराध महाशाखा हनुमानढोकामा राखीएको समाचार दिएको छ । उक्त समाचारमा पुनले प्रयोग गरेको बा ००१ ञ १० नम्बरको बोलेरो गाडी बरामत गरेको उल्लेख गरिएको छ ।