क्याटरीना, ऐश्वर्यालाइ टक्कर दिँदै सलमानकी नयाँ गर्लफ्रेन्ड

असार १६, सलमान खानको लभ लाइफ हिजोआज फेरी निकै चर्चामा पुगेको छ । अहिले बलिउडमा सलमानको रोमानियन एक्ट्रेस लूलिया वेन्तूरसंग अफेयर चलिरहेको छ । अहिले यी नयाँ प्रेमीका सलमानको परिवारका साथमा उनको मुम्बई स्थित घरमानै बस्ने गर्दछिन ।



सलमानले यस बारेमा अहिले सम्म केही पनि बोलेका छैनन कि लूलिया उनकी मात्र एक साथी हुन वा त्यस भन्दा पनि बढि हुन । हुन त यिनै हल्लाहरूका बिचमा सलमान पहिलो पटक आफ्नी तथाकथित नयाँ गर्लफ्रेन्ड लूलियाका साथमा देखिएका पनि छन । दुबै हालै मात्र हैदराबाद एयरपोर्टमा देखिएका थिए । सलमान त्यहाँ आफ्नो नयाँ फिल्म ‘मेन्टल’ को शूटिङ गर्नका लागी गएका थिए । एक प्रत्यक्षदर्शीले बताए अनुसार दुबै जना एउटै फ्लाइटबाट त्यहाँ पुगेका थिए । तर मिडियासंग बच्नका लागी एयरपोर्टबाट दुबै छुट्टा छुट्टै बाहिर निस्किएका थिए, तर पनि मिडियाको आँखा उनीहरूमाथि परिहाल्यो । यस क्रममा जब मिडियाले दुबैजनालाइ तश्विरमा कैद गर्ने कोशिश गरे त्यतिबेला सलमानले त पोज दिए, तर उनकी साथी नदीमले, लूलियालाइ क्यामराबाट लुकाउँदै बाहिर निस्किए ।

सलमानले लूलियालाइ होटल सम्म पुर्याउनका लागी एक लग्जरी कार बुक गरिराखेका थिए । तर आफु भने एउटा ट्याक्सी लिएर निस्किएका थिए ।
भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |