ज्ञानेन्द्रले भने- मैले गर्ने समय आएको छैन, आएपछि गरौंला (भिडियोसहित)
गौतम श्रेष्ठ
४ असार, रौतहट । पूर्वराजाले केही गरिदिए हुन्थ्यो भन्ठान्ने राजावादीहरुलाई रौतहट पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले मंगलबार निराश बनाइदिनुभएको छ । पूर्वराजा ज्ञानेन्द्रले अहिले नै आफूले केही गर्ने समय नआएको बताउनुभएको छ । तर, समय आएपछि आफूले केही गर्ने ज्ञानेन्द्रको प्रतिक्रिया छ ।
धार्मिक यात्राका क्रममा मंगलबार रौतहट पुगेका ज्ञानेन्द्रले स्थानीय सञ्चारकर्मीहरुसँग कुरा गर्दै समय आएपछि जनताले भनेअनुसार नै अघि बढ्ने बताउनुभयो । देश बनाउन तपाईबाट केही हुन्छ कि भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उहाँले भन्नुभयो-’त्यो समय नै आइपुगेको छैन । समय आओस्, जनताले जे भन्छ, त्यो समयमा हामीले जे गर्नुपर्छ, त्यो गरौंला ।’
संविधानसभाबारे के भन्नुहुन्छ भन्ने प्रश्नमा उहाँले मलाई केही भन्नु छैन भन्नुभयो । यद्यपि प्रजातान्त्रिक अभ्यासमा निर्वाचन हुनु राम्रो हो भन्दै उहाँले भन्नुभयो-’निश्पक्ष, धाँदलीरहित, सबैले भाग लिन पाउने निर्वाचन होस् भन्ने सबैको चाहना छ । हाम्रो पनि त्यही हो ।’ मुलुकको राजनीतिक अवस्था बारे सोधिएको प्रश्नमा पूर्वराजा शाहले यस्ता प्रश्नहरु नेताहरुलाई सोध्न आग्रह गर्नुभयो ।
बाढी पहिरो पीडितप्रति चिन्ता
उहाँले सुदूरपश्चिमा आएको बाढी पहिरो र त्यसले पुर्याएको क्षतिले आफू दुःखी भएको बताउनुभयो । ‘सुदूरपश्चिमाा आएको प्राकृतिक प्रकोपले दुःखी छु । मैले गरेका पूजाहरुमा सुदूरका जनताका लागि भगवानसँग प्रार्थना गरेको छु ।’ पश्चिमको पीडाले पोलेको भन्दै उहाँले त्यस क्षेत्रका जनतालाई तत्काल राहत आवश्यक भएको बताउनुभयो ।
मध्य तराईका विभिन्न जिल्लाका भ्रमणमा रहेका ज्ञानेन्द्र दिउँसो गौर पुग्नुभएको थियो । उहाँलाई स्थानीयबासी र समर्थकहरुले भव्य स्वागत गरेका थिए । रौतहटको मध्यबजार गरुडामा भगवती मन्दिर दर्शनपछि ज्ञानेन्द्रले सदरमुकाम गौर १ मा रहेको शिवालय मन्दिरमा पूजाअर्चना गर्नुभएको थियो । पूजा अर्चनापछि केही क्षण विश्रामका लागि होटेल पुगेका पूर्वराजाले पत्रकारहरुसँग कुराकानी गर्नु भएको हो । ज्ञानेन्द्र मंगलबार नै सिमरा फर्किनुभएको छ ।source:onlinekhabar भिडियो