चीनले २ हजार ५ सय नेपाली बिद्यार्थीलाई छात्रबृत्ति दिने
११ असारचीन सरकारले २ हजार ५ सय नेपाली बिद्यार्थीलाई चिनियाँ बिश्वबिद्यालयमा छात्रबृत्तिसहित अध्ययनको अबसर दिने भएको छ ।
नेपाल भ्रमणमा रहेका चिनियाँ स्टेट काउन्सीलर याङ जेइची नेतृत्वको टोलीले नेपाली पक्षलाई छात्रबृत्तिको संख्या बृद्धिबारे जानकारी गराएको हो । हाल चीनले बाषिर्क १ सय नेपाली बिद्यार्थीलाई चीनमा छात्रबृत्ति उपलब्ध गराउँदै आएको छ ।
सोमबार याक एण्ड यती होटलमा नेपालका परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरे र चिनियाँ मन्त्री जेइचीवीच भएको दुईपक्षीय वार्तामा चिनियाँ पक्षले छात्रबृत्ति बृद्धिको प्रस्ताव गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
आगामी ५ बर्षभित्र बिभिन्न चिनियाँ बिश्वबिद्यालयमा भिन्नभिन्न बिधा र तहमा यस्तो छात्रबृत्ति दिइने चिनियाँ पक्षले जानकारी दिएको छ ।
छलफलमा नेपाली पक्षले रिङरोडलाई चौडा बनाउने परियोजनालाई पूर्णता दिन आग्रह गरेको थियो । चिनियाँ सरकारको सहयोगमा कोटेश्वरदेखि कलंकीसम्मको सडकलाई ७ लेनको बनाउने काम अगाडी बढेको छ । नेपाली पक्षले सम्पूर्ण रिङरोडलाई ८ लेनको बनाइदिन आग्रह गरेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।