दीपामाथी सौता हाले दिपकले, रीमा कान्छी श्रीमती (भिडियो)
निर्मल शर्मा अर्थात ‘गैडा’ दीपाश्री निरौलालाई दिपकको विरुद्धमा मुद्दा हाल्न सल्लाहा दिदै थिए । बिहे गरेको ११ बर्ष पश्चात दिपकले एक्कासी कान्छी श्रीमती घर ल्याएपछि दीपा तनावमा थिइन् । कान्छी श्रीमतीको रुपमा घर भित्रन पाउँदा मोडल रीमा विश्वकर्मा भने खुशी देखिएकी थिइन् ।

यो कुनै वास्तविक घटना नभई हाँस्य सिरियल ‘तितो सत्य’को छायांकनको क्रममा देखिएको दृश्य हो । समाजमा देखिने दुई श्रीमती बिचको लफडालाई पर्दामा उतार्न लागेको निर्देशक दिपकराज गिरीले जानकारी दिए । उनले निक्कै रमाइलो तरिकाले ‘दुई श्रीमतीको पोई कुना पसि रोई’ भन्ने सन्देश दिन खोजेको बताए ।

केही हप्ता अघि मात्र ५०० भाग मनाएको चर्चित सिरियल ‘तितो सत्य’मा पहिलो पटक दिपकले घरमा कान्छी श्रीमती भित्राउँन लागेका हुन् । अहिलेसम्म ‘तितो सत्य’मा दिपक र दीपा श्रीमान् श्रीमतीको रुपमा देखिदै आएका थिए । आफूहरुको नयाँ बिषयलाई दर्शकले मन पराउने विश्वास सिरियल यूनिटको छ ।
onlinekhabar