गाउँ घुम्दै कांग्रेस-एमाले, पेरिसडाँडा घुम्दै एमाओवादी ,चुनाब घोषणा भइसक्दा पनि एमाओवादीमा अझै अलमल

१ असार, काठमाडौं । सरकारले निर्वाचनको मिति घोषणा नगर्दै कांग्रेस र एमालेका नेताहरु जिल्ला जिल्लामा परिचालित भैसकेका छन् । तर, एमाओवादीका नेताहरु भने पदीय प्रतिश्पर्धाका लागि पार्टी हेडक्वार्टर पेरिसडाँडा वरिपरि फन्को मार्न बाध्य छन् । चुनावको तयारीमा केन्द्रीय नेताहरु गाउँगाउँमा खटिनुपर्नेमा एमाओवादीभित्र अहिलेसम्म नेताहरुको जिम्मेवारी बाँडफाँड हुनै सकेको छैन । एमालेले भने देशभरका २ सय ४० वटै चुनाव क्षेत्रमा आफ्ना प्रतिनिधिहरु खटाएर बैठकको आयोजना गरिसकेको छ । नेपाली कांग्रेसले पनि जिल्ला जिल्लामा एक महिनासम्म प्रतिनिधिहरु पठाएर स्थानीय कार्यकर्तालाई परिचालन गरिसकेको छ ।


तर, एमाओवादीमा महाधिवेशनपछि न कुनै राज्य समितिको बैठक बसेको छ, न कुनै जिल्ला वा क्षेत्रको । महाधिवेशन सकिँदा पनि एमाओवादीभित्र ठूलो संगठनात्मक एवं वैचारिक अन्यौल कायमै छ । केन्द्रीय समितिलाई पूर्णता दिन डाकिएको बैठक असार १३ सम्मका लागि स्थगित भएपछि कार्यकर्तामा थप अन्यौल देखिएको छ ।

चुनावअघि केन्द्रीय समिति विस्तार नहुने संकेत

यसैवीच एकीकृत नेकपा माओवादीको केन्द्रीय समिति विस्तार आगामी मंसिरपछिमात्रै हुने संकेत देखिएको छ । संविधानसभाको चुनावअघि समिति विस्तार गर्दा त्यसमा नपर्नेहरु असन्तुष्ट हुने र यसले निर्वाचनमा समेत नकारात्मक प्रभाव पार्ने सम्भावना देखिएपछि जारी केन्द्रीय समिति बैठक असार १३ गतेसम्मका लागि स्थगित गरिएको छ । निर्वाचनको मिति घोषणा भैसकेको अवस्थामा आगामी बैठकमा उमेद्वारहरुको छनौट, चुनाबी रणनीति निर्माण एवं घोषणापत्रमाथि छलफल गर्नुपर्ने भएकाले नेतृत्व चयनमा पार्टी नअल्मलिने स्रोतले बतायो । आगामी बैठकमा अमिक शेरचन र पोष्टबहादुर बोगटी नेतृत्वमा आयोगहरुको प्रतिवेदनमाथि छलफल गरिने बताइए पनि आन्तरिक भ्रष्टाचार र सम्पत्ति छानविनको मुद्दा अगाडि ल्याउँदा चुनावलाई असर पार्न सक्ने नेताहरुको अनुमान छ । यो अवस्थामा आन्तरिक विवादका रुपमा रहेको लडाकू भ्रष्टाचार सम्बन्धी प्रतिवेदनमाथि पनि चुनावअघि छलफल नहुने स्रोतको दाबी छ ।

महाधिवेशन सकियो, लफडा सकिएन

एकीकृत नेकपा माओवादीले गत माघमा हेटौडामा २१ वर्षपछि पार्टीको महाधिवेशन आयोजना गरेको हो । तर, महाधिवेशनजस्तो उच्चस्तरीय जनवाद अभ्यास गर्ने निकायले पनि पार्टीको केन्द्रीय निकायलाई पूर्णता दिन नसक्दा महाधिवेशन सकिएको ४ महिना वितिसक्दा पनि पार्टीभित्र संगठनात्मक विवाद हल भएको छैन । हास्यास्पद त के देखिएको छ भने महाधिवेशन सुकिएलगत्तै संगठनको स्वरुप कस्तो बनाउने भन्ने महरा कार्यदल गठन गरी सोको प्रतिवेदनमाथि केन्द्रमा छलफल थालिएको छ । २१ वर्षपछि आयोजना गरिएको महाधिवेशनले पारित गरेको विधान एकातिर छ, महरा कार्यदलको प्रस्ताव अर्कातिर छ । नेता कार्यकर्ताहरुले ४ महिना बितिसक्दा पनि पार्टीको विधान पढ्न पाएका छैनन् ।

यस्तै पाराले पार्टी एमाओवादी शक्ति बन्ने

प्रचण्डले आगामी चुनावमा आफ्नो पार्टीले दुई तिहाइ बहुमत ल्याउने बताइरहे पनि यस्तै पारा हुने हो भने सामान्य बहुमत पन नल्याउने र तेस्रो शक्तिमा खुम्चिन सक्ने गुनासो केही नेताहरुले गर्न थालेका छन् । गाउँ गाउँसम्म विवाद कायम रहने, गुटबन्दी समाधान नहुने, उमेद्वारी वितरणमा मारामार र अन्तरघात हुने अनि मधेसी दलरुसँग तालमेल नहुने हो भने आगामी चुनावमा एमाओवादी पार्टी तेस्रो दलका रुपमा खुम्चने खतरा रहेको एक एमाओवादी नेताले अनलाइनखबरसँग भने ।

टिकट बाँड्ने कमिटी

शुक्रबारको एमाओवादी बैठकले प्रचण्डको अध्यक्षतामा ६६ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । तर, यो कमिटीलाई एमाले र जिल्लाजिल्लामा खटाइएको छैन । कुनै कार्यक्षेत्र र अधिकार नतोकी बनाइएको यो कमिटी स्थानीय तहमा परिचालित हुने भन्दा पनि माथि बसेर टिकट बाँढ्न बनाइएको कमिटीजस्तो मात्रै देखिएको छ । तर, आगामी असार १३ मा पनि केन्द्रीय समितिले पूर्णता पाएन भने यही ६६ सदस्यीय कमिटीले निर्वाचन गराउनुपर्ने काध्यता एमाओवादीभित्र देखिन थालेको छ ।

यस्तो छ प्रचण्ड नेतृत्वको केन्द्रीय निर्वाचन परिचालन कमिटी :

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड
वावुराम भट्टराई (लालध्वज)
नारायणकाजी श्रेष्ठ (प्रकाश)
पोष्टबहादुर वोगटी (दिवाकर)
अमिक शेरचन (एकलव्य)
कृष्णबहादुर महरा (अमरसिंह), विशेष व्यूरो इन्चार्ज
टोपबहादुर रायमाझी (अनील)
गिरिराजमणि पोख्रेल (पियूष), पूर्वी व्यूरो इन्चार्ज
वर्षमान पुन (अनन्त), युवा, खेलकुद इन्चार्ज
लीलामणि पोख्रेल (अभिषेक), पश्चिम व्यूरो इन्चार्ज
दीनानाथ शर्मा (अशोक)
हरिवोल गजुरेल (शितलकुमार), मधेश व्यूरो इन्चार्ज
अग्निप्रसाद सापकोटा (कञ्चन), प्रचारप्रसार व्यूरो इन्चार्ज
शक्तिबहादुर वस्नेत (सुरेशसिंह), सुदूर पश्चिम व्यूरो इन्चार्ज
जनार्दन शर्मा (प्रभाकर), ज.व.स./मोर्चा व्यूरो इन्चार्ज
नन्दबहादुर पुन (पासाङ), युवा परिचालन व्यूरो इन्चार्ज
क.सुरेन्द्र कार्की (पार्थ), अन्तराष्ट्रिय व्यूरो इन्चार्ज
हेमन्तप्रकाश ओली (सुदर्शन), लिम्वुवान राज्य संयोजक
गोपाल किराँती (साइँला), कोचिला राज्य संयोजक
लिलबहादुर थापा (जंगध्वज होग्ले), किराँत राज्य संयोजक
विश्वनाथ शाह (कुमार), मिथिला राज्य संयोजक
प्रभु साह (मुक्ति), भोजपुरा राज्य संयोजक
चक्रपाणि खनाल (वलदेव), अवध राज्य संयोजक
विश्वभक्त दुलाल (आहुती), ताम्सालिङ राज्य संयोजक
देवेन्द्र पौडेल (सुनील), नेवाः राज्य संयोजक
डिलाराम आचार्य (सुरेन्द्र), तमुवान राज्य संयोजक
लोकेन्द्र विष्ट मगर (अभ्यास), मगरात राज्य संयोजक
नवराज सुवेदी (रत्नसागर), थारुवान राज्य संयोजक
लेखराज भट्ट (राकेश), भे.राज्य संयोजक
गिरधारीलाल न्यौपाने (विकास), से.म. राज्य संयोजक
सदस्य हिसिला यामी (राहुल), महिला इन्चार्ज
हितराज पाण्डे (उत्तम), केन्द्रीय कार्यालय मुख्य सचिव
स्वनाम साथी (अनाम), पूर्व स्कूल विभाग प्रमुख
भीमप्रसद गौतम (अरुण), किसान इन्चार्ज
निरञ्जन चापागाईं (निनु), साँस्कृतिक राज्य संयोजक
रामचन्द्र झा
उर्मिला अर्याल
गणेशमान पुन (रश्मी), वाई.सी.एल. अध्यक्ष
रामकुमार शर्मा (निर्माण), मधेशी राष्ट्रिय मोर्चा संयोजक
ओनसरी घर्ती (उषा), मगर राष्ट्रिय मुक्ति मोर्चा संयोजक
रामचरण चौधरी (सागर), थारु राष्ट्रिय मुक्ति मोर्चा संयोजक
कमला रोका (क्रान्ति), खेलकूद विभाग
जोगकुमार वरवरिया यादव (श्रवण यादव)
हकिकुल्ला खाँ (सरोज), मुस्लिम राष्ट्रिय मुक्ति मोर्चा संयोजक
कृष्ण के.सी. (मिलन), गणतान्त्रिक मञ्च
विष्णुप्रसाद आचार्य (नविन), भारत प्रवास
युवराज चौलागाईं (रविन्द्र), एशिया प्यासिफिक
शालिकराम जमकट्टेल (गंभीर), मजदुर संयोजक
हिमाल शर्मा (विजय), विद्यार्थी
सीता पोख्रेल (मथुरा) महिला
चित्रबहादुर श्रेष्ठ (मदन), किसान
रणेन्द्र वराली (रक्षालाल), दलित
खिमलाल देवकोटा (रुपेश), वुद्धिजीवी
महेन्द्रबहादुर शाही (प्रज्ज्वल), भे.मुक्ति मोर्चा संयोजक
श्री प्रसाद जवेगु (विजय), लिम्वु
सूर्यमान दोङ (लालध्वज), तामाङ्ग
गोविन्द आचार्य (गोपाल नेपाली), पत्रकार
दीलिप महर्जन (गंगाराम), नेवाः
अमर तमु (रमण), तमु
छिरिङ्ग डम्दुल लामा (कार्चेन), भोटेलामा
पूर्णसिंह राजवंशी , कोच
नन्दकुमार प्रसाई (राजन)
श्री कृष्ण आचार्य, उद्योग वाणिज्य
सुदन किराँती, किराँत
मात्रिका पोख्रेल, साँस्कृतिक महासंघ
टासी शेर्पा (शेर्पा)
दीपक राई, सुकुम्वासी