कमलरीको बन्द आजपनि, तराईको जनजीवन थप कष्टकर
२३ जेठ, काठमाण्डौं । कमलरी संघर्षसमितिले गरेको तराई बन्दका कारण आज तेस्रो दिन पनि तराईको जनजीवन प्रभावित भएको छ ।

सरकारसँगको वार्ता बिना निष्कर्ष टुंगिएपछि आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिँदै आज पनि बन्द गरिएको संर्घष समितिले जनाएको छ । बन्दका कारण यातायातका साधन सञ्चालनमा आउन सकेका छैनन भने शिक्षण संस्था,उद्योग व्यवसाय पनि ठप्प भएका छन ।
संघर्ष समितिले मृतक सृजना चौधरीलाई कमलरी राख्ने लालीतपुरका युबराज पौडेल र शंकर अधिकारीलाई पक्राउ गरि कारबाही सुरु गर्नुपर्ने, मृतक चौधरीका परिवारलाई राहत तथा आन्दोलनका क्रममा घाइतेलाई उपचार गराउनुपर्ने लगायत माग गरिएको छ ।

विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं