राजदूतबिरुद्ध लेख लेख्दा दीपेन्द्र भेटवाललाई देश निकालाको तयारी !

१ असार, काठमाण्डौं । आफूविरुद्ध लेखेको भन्दै कतारस्थित नेपाली राजदूत मायाकुमारी शर्माले एक नेपालीलाई घर फिर्ता -डिपोर्ट) गर्न कतार सरकारलाई पत्रचार गरेकी छन् । त्यहाँका गैरआवासीय नेपालीको दबाब र सरकारको निर्देशन पाएपछि निर्णय फिर्ता लिएकी छन् ।

कतारमा म्यानेजरका रुपमा कार्यरत चितवनका दीपक भनिने दीपेन्द्र भेटवाललाई राजदूत शर्माले व्यक्तिगत प्रतिशोधका आधारमा अनौठा अनौठा आरोप लगाउँदै निकालाको पहल गरेकी हुन् । त्यसका लागि कतारको विदेश मन्त्रालय, कन्सुलर विभागलाई मे १ मा पत्र लेखेको कान्तिपुर दैनिकमा खबर छ ।

‘कतारको २८१५२४१०४०० नम्बर परिचयपत्र बाहक नेपाली नागरिक भेटवाल नेपाल सरकारविरुद्ध दोहामा कथित नेता भइरहेका छन् । हालसालै उनले दोहास्थित नेपाली दूतावासविरुद्ध लेख लेखे जसमा महामहिम राजदूतको व्यक्तित्वको आलोचना गरिएको थियो,’ नेपाली दूतावासले कतार सरकारलाई लेखेको पत्रमा भनिएको छ, ‘त्यस लेखमा उनले तलब नपाएका मजदुरलाई सम्बन्धित कम्पनीमा हडताल गर्न उकासेका छन् ।

यदी उनीमाथि कुनै कारबाही गरिएन भने तिनीहरु -मजदुर) ले आगो लगाएर आत्महत्या गर्न सक्छन् ।’ उनले पत्रमा भेटवाललाई सकेसम्म चाँडो पक्राउ गरस्ी देश निकालाको व्यवस्था गर्न सम्बन्धित निकायलाई भनिदिन पनि पत्रमा आग्रह गरिएको छ ।