सवारी दुर्घटनामा तीन जनाको मृत्यु

१ असार, ओखलढुंगा । ओखलढुङ्गामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा सोलुखुम्बुको सोताङ ६ का ४२ वर्षका हिमबहादुर राई र सिरहा अर्नामा १ का ४१ वर्षका विन्देश्वरप्रसाद सिंहको घटनास्थलमै मृत्यु भएको छ ।

त्यस्तै दोलखा झाकु १ का ५ वर्षका बालक रोशन खड्काको भने उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको ओखलढुंगाका प्रहरी नायब निरीक्षक गोविन्द अधिकारीले जानकारी दिनुभयो । मृतकको शव जिल्ला अस्पताल रुम्जाटारमा राखिएको छ । चालकसहित १६ जना सवार रहेको जीपमा सडकबाट करिब साढे ७ सय मिटर भीरबाट तल खसेको थियो ।

घुम्तीमा ब्रेकफेल भएर दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । सोलुखुम्बुको सल्लेरीबाट ओखलढुंगाको हर्कपुरका लागि छुटेको बा १ च ३४०१ नम्बरकोे केतुके ३ भुसुने जङ्गलमा शुक्रबार दुर्घटनामा परेको हो ।