झलनाथले भने- प्रचण्डसँग लड्न पाए मजा आउँथ्यो, सजिलै हराइदिन्छु

१ असार, काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आफू जुनसुकै स्थानबाट निर्वाचनमा सहभागी भए पनि जित्ने दाबी गर्नुभएको छ ।



शनिबार प्रकाशित नयाँ पत्रिकासँगको कुराकानीमा अध्यक्ष खनालले नेकपा एमालेले पछिल्लो समयमा जनतामाझ राम्रो काम गरेको नयाँ संविधानसभा निर्वाचनमा नयाँ शक्तिको रुपमा उदाउने भन्दै आफ्नो जीत जुनसुकै ठाउँबाट पनि सुनिश्चित भएको दाबी गर्नुभएको हो ।

चुनावमा आफ्नो प्रतिष्पर्धी एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड भए राम्रो हुने र आफूलाई मज्जा आउने भन्दै खनालले भन्नुभयो ‘ म सजिलै उहाँलाई हराइदिन्छु ।’ नेकपा एमाले समुन्द्र जस्तै भएको चर्चा गर्दै अध्यक्षले एकाध व्यक्तिले पार्टी छोडे पनि धेरै व्यक्ति आफ्नो पार्टीमा प्रवेश गरेको भन्दै खुसी व्यक्त गर्नुभयो ।