कोरियामा एक नेपाली द्वारा आफ्नै पेटमा छुरा हानी आत्महत्याको प्रयास!

नन्द काम्बाङ, सउल कोरिया - देशको अन्योल पूर्ण स्थितिले सिर्जना गरेको बेरोजगार संगै रोजगारीको राम्रो गन्तब्य मानिएको दक्षिण कोरियामा ईपिएस मार्फत अहिले १८ हजार भन्दा बढी नेपालीहरु आई सकेका छन ।



कोरियन ड्रामा र फिल्ममा देखाइएको गगनचुम्बी भवन र झिलिमिलि कोरियामा सुन्दर सपना बोकेर आएका नेपालीहरु जब यहाँ आएर काम गर्न थाल्छन ।

अनि मात्र बास्तबिकता थाहा हुन्छ र भाषाको समस्या, कामको बोझ र परिवारबाट टाढिएर एकोहोरो काम गर्नु पर्दा मानशिक तनाबका कारण धेरै नेपालीहरुले आत्महत्या गरि सकेका छन । यसै शिलशिलामा बुशानको गाङसो बोङरिम्ड़ोङको एग्रिकल्चरमा कार्यरत मोरङ शनिश्चरे निवाशी केवल लिम्बु (खजुम) एक बर्ष आगाडी मात्र ईपिएस मार्फत कोरिया आएका थिए ।

गत माघ महिनामा आमाको मृत्यु संगै मानशिक तनाबमा परेको र आफु एक्लै बोल्ने बर्बराउने मानशिक समस्या देखिए पछी कम्पनि मालिकले नेपाल पठाउन यहि मे १५ तारिखमा तयारि गरिरेहको थियो ।

गत मे १३ तारिख बिहान आफ्नो कोठाभित्रै पेटमा छुरा हानी आत्माहत्याको प्रयास गरी सख्त घाईते भए पछी दोङआ युनिभर्सिटी अस्पतालमा भर्ना गरिएकोछ ।

संगै रहेका साथीहरुका अनुसार घटना हुनु अगाडी राति १ बजे तिर कोठाबाट बाहिरिएर बिहान ४ बजे बिहान मात्र कोठामा आएका थिए । लिम्बुका नेपालमा श्रीमती र १ छोरी छन ।

सो घटनाको जानकारी पाए लगतै किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको प्रतिनिधि गई स्थिति बारेमा जानकारी लिएको थियो र नेपाली दुताबासलाई जानकारी गराईए पनि हाल सम्म दुताबासका कोहि नपुगेको गुनासो सम्बन्धित व्यक्तिहरुबाट आएकोछ ।