केटी मारेर सुटकेशमा हालेर फाल्नेलाई ४५ वर्ष जेल

३ जेठ, एजेन्सी । २४ वर्षीय युवतीको हत्या गरेर सुटकेशमा हालेर फ्याँकेको आरोपमा एक व्यक्तिलाई ४५ वर्षको जेल सजाय सुनाइएको छ ।

२१ वर्षीय डेनियल स्टानीलाई आफ्नै छिमेकी युवती मारेर शुटकेशमा हालेर फ्याँकेको आरोपमा अदातलले ४५ वर्षको जेल सजाय सुनाएको हो । अदालतले उक्त हत्यालाई निकै विभत्स भएको निर्णय गर्दै त्यति लामो समय सुनाइएको बताइएको छ ।



अष्ट्रेलियाका २१ वर्षीय डेनियलले २४ वर्षीय भारतीय मुलकी युवती तोसा ठाकरलाई केही वर्ष अगाडि देखिनै बलात्कार गर्ने योजना बनाएका थिए । डेनियल विगतका केही वर्षदेखी इन्टरनेटमा पोर्न तथा अश्लिल विषयवस्तु पढ्ने तथा त्यस्तै खाले चलचित्र हेर्ने गरेको अनुसन्धानका क्रममा फेला परेको थियो ।

डेनियलले २४ वर्षीय तोसाको हत्या गरी सुटकेशमा राखेर फ्याँक्न लगेका थिए । उनले ट्याक्सीमार्फत खोलामा पुर्याएर उक्त शुटकेश फ्याँकेका थिए । उनले यो कार्य तब थाहा भयो जब तोसा लामो समय भेटिइनन् । उनको फ्याल्ट नजिकै रहेको सिसिटिभीबाट उनको बारेमा जानकारी लिन खोज्दा तोसा कोठाबाट बाहिर नगएको तर उनी कोठामा पनि नभेटिएपछी सँगै बसेका डेनियल माथी शंका सुरू भएको थियो ।

यसपछी डेनियलका गतिविधी पनि सिसिटिभि मार्फत हेरियो यस क्रममा डेनियलले एक ठुलो शुटकेश लिएर बाहिर निस्केको देखियो जुन शुटकेस उनले निकै गह्रौ तरिकाले घिसारेका थिए । प्रहरीले उक्त सुटकेशमा लुगा नभइ अन्य केही भएको अर्थात् सम्भवत तोसाको लाश भएको हुन सक्ने अनुमान गर्यो र डेनियललाई अनुसन्धानको घेरामा राखेर सोधपुछ गर्न थाल्यो । यसक्रममा डेनियलले हत्या गरेको यथेस्ट प्रमाणहरू भेटिएपछी उनलाई हत्याको आरोपमा अदालतसमक्ष प्रस्तुत गरियो जहाँ उनलाई ४५ वर्षको जेल सजाय सुनाइएको छ ।

यता तोसाका परिवार भने उक्त सजायबाट खुसी छैनन् । उनीहरूले सजाय छोटो भएको बताउँदै उनलाई जन्मकैद हुनुपर्ने बताउँछन् ।