विद्यार्थी संगठनद्वारा भोलीको उपत्यका बन्द फिर्ता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा शाही कालीन मुख्य सचिव लोकमान सिंहको नियुक्ति विरुद्ध भोलीको उपत्यका बन्दको घोषणा गरेका विद्यार्थी संगठनले बन्द फिर्ता लिएका छन्।
आमाको मुख हेर्ने दिन परेकाले भोलीको उपत्यका बन्दको कार्यक्रम स्थगित गरिएको नेपाल विद्यार्थी संघका प्रवक्त युपी लामिछानेले डिसीनेपाल डटकमलाई जानकारी दिए । लामिछानेले भने ‘आमाको मुख हेर्ने दिन परेकाले भोलीको बन्द फिर्ता लिएका छौँ । २९ गते नेपाल बन्द हुन्छ र प्रत्येक दिन बिहान मुलुकभरका क्याम्पस अगाडि लोकमानको विरुद्धमा प्रदर्शन हुन्छन् ।’
बुधबार बागबजार स्थित अनेरास्ववियूको कार्यालयमा बसेको ११ विद्यार्थी संगठनको बैठकले शुक्रबार लोकमानको नियुक्तिका विरुद्ध हुने भनिएको उपत्यका बन्द फिर्ता लिएको हो ।