नाइजेरियामा बिद्रोहीको आक्रमण ५५ जनाको मृत्यु

नाइजेरियाको उत्तर पूर्वी क्षेत्र बामामा बिद्रोही समुह बोको हरामको आक्रमणमा २२ जना प्रहरी अधिकारी सहित ५५ जनाको मृत्यु भएको छ ।

बोको हरामले बामाको सैनिक ब्यारेक, प्रहरी कार्यलय र कारगारमा आक्रमण गरेका हुन् । करिब २ सयको संख्यामा आएका बोको हराम संगठनका बिद्रोहीहरुले श्रृंखलाबद्ध आक्रमण गरेका हुन् ।



उनीहरुले १ सय भन्दा कैदीहरुलाई समेत कारागारबाट छुटाएका छन् । सेनाको पहिरनमा आएका बिद्रोहीले करिब ५ घन्टा भन्दा बढी समय सम्म लगातार आक्रमण गरेका थिए।

नाइजेरियाको सेनाका अनुसार आक्रमणमा पुलिस स्टेशन, आर्मी ब्यारेक र केही सरकारी भवन जलेर नष्ट भएका छन् ।

गत महिना सेनाले बामामा बिद्रोही बिरुद्ध कारबाही अभियान चलाएका थिए। जसमा १ सय भन्दा बढी बिद्रोहीको मृत्यु भएको थियो।