बिहेअघि नै २५० पटक हनिमुन मनाइ सक्यौं - करिना कपूर
लिउड सुन्दरी करिना कपूर र नायक सैफ अलि खानको बिहे नहुँदै गर्भवती हुने कुराले उनको हातबाट फिल्म बाहिरिन थालेका छन् । एजेन्सीले जनाएअनुसार करिनाले बिहे गर्न लागेको कुराले बलिउडका निर्माताहरूमा तनाव शुरू भएको छ। समाचारमा जनाइएअनुसार करिना सञ्जय लीला भंसालीको फिल्म राम लीलाबाट यही कारण हटेकी छिन्। फिल्मको निर्माण समूहले गर्भवती हुन नपाइने सर्त राखेपछि त्यसलाई अस्वीकार गर्दा करिनाले त्यो फिल्मबाट बाहिरिनुपरेको हो। एग्रिमेन्टमा फिल्मको सुटिङका दौरान गर्भवती हुन नपाइने सर्तलाई करिनाले अस्वीकार गरेकी थिइन्। जसका कारण निर्माण पक्षले उनीसँग एग्रिमेन्ट नै गरेन। ८० को दशकमा बलिउडका फिल्मका लागि एगिीमेन्ट गरिँदा पारिश्रमिकको कुरामा जोड दिने गरिए पनि हाल आएर यसमा कडाइ गरिएको र सुटिङका क्रममा गर्भ बोक्न नपाइने सर्त निर्माण पक्षले अगाडि सार्न थालेको समाचारमा उल्लेख छ। करिना र सैफ आगामी अक्टोबर १६ तारिखमा बिहे गर्दै छन्। सैफको अभिनेत्री आमा शर्मिला टैगोरले बिहेको कार्ड बाँड्न शुरू गरिसकेको आजतक टेलिभिजनले जनाएको छ। करिनाले भने आफूहरूको विवाह भइसकेको बताएकी छिन्। ‘हामी ५ वर्षदेखि सँगै बसिरहेका छौं। बिहेलाई कानुनी मान्यता दिलाउन मात्र बाँकी छ’, करिनाले भनेकी छिन्– ‘हामी पहिले नै धेरै पटक छुट्टी मनाउन गइसकेका छौं। अब हामी फेरि छुट्टी मनाउन गयौं भने यो हाम्रो २ सय ५०औं हनिमुन हुनेछ।