यौन क्रियाकलाप गरेको २२ मिनेटको भिडियो मोवाइलमा खिचेर रकमको बार्गेनिङ

४ जेठ, काठमाण्डौं । नेपाली युवाले विदेशमा गएर काम नपाएको धेरै गुनासो आइरहेका बेला नेपाली युवाहरु विरुद्ध पनि उजुरी आउनेक्रम बढेको छ । नेपाली केही युवाले विभिन्न अपराधिक क्रियाकलाप गरेका कारण उनीहरु विरुद्ध उजुरी आउन थालेको अन्नपूर्ण पोष्टमा खबर छ । लमजुङ भोटेओडार ८ का बिजेन्द्र थापा दुवईको एक व्यापारी मिरवाइज अजिजीको निजी सचिवालयमा सहयोगीका रुपमा काम गरेका थिए ।



केही समयअघि उनी विभिन्न बाहाना बनाएर स्वदेश फर्किए । उनी फर्किएको केही महिनापछि गत पुसमा अजिजी नेपाल आएर थापा विरुद्ध प्रहरीमा उजुरी हाले । माघ २ मा पक्राउ परेका थापाले घटनाको रहस्य यसरी खोले, ‘अजिजीले पीएसँग यौन क्रियाकलाप गरेको भिडियो मैले खिचेको थिएँ ।

उक्त कम्पनीमा कार्यरत रहँदा चियासहित आवश्यक सामान लिएर अजिजीको कार्यकक्षमा निर्वाध प्रवेश गर्न सकने थापाले अजिजी र उनकी टर्किस पीएबीचको यौन क्रियाकलापको २२ मिनेटको भिडियो मोवाइलमा खिचेका थिए । यसपछि उक्त भिडियो लिएर नेपाल फर्किएका थापाले नेपालबाटै अजिजीसँग रकमको बार्गेनिङ थालेका थिए । यो प्रकरणमा अनुसन्धान गरिरहेका नेपालका प्रहरी केन्द्रीय अनुसन्धान व्युरो प्रमुख डीआईजी केशबहादुर शाहीले भने, ‘थापाले अश्लील भिडियो खिचेर ब्ल्याकमेल गरी पैसा असुल गर्ने नियत बनाएको देखिन्छ ।

यसरी रोजगारीका लागि विदेश गएका केही नेपाली कामदार छिटो कमाउन आपराधिक गतिविधिमा संलग्न हुँदा इमानदार कामदारलाई भने नियमित काम गर्न समस्या हुने गरेको छ ।


भिडियो क्लियर सुन्न तल बक्समा डबल क्ल्किक