अस्पताल नजिकै शक्तिशाली बम विस्फोट, ९ को मृत्यु, ३७ घाइते
३१ बैशाख, एजेन्सी । लिबियाको बेनघाजी शहरमा रहेको एक अस्पताल नजिकै बम विस्फोट भएको छ । सो विस्फोटमा परी ९ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।
विस्फोटले अस्पताल नजिक रहेको रेष्टुराँकाका साथै केही भवनहरु पूर्ण रुपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । विस्फोट कस्ले गरायो भन्ने केही खलाइएको छैन ।
लिबियामा पूर्व शासक गद्दाफीका समर्थकहरुले बिस्फोट गराएको हुनसक्ने आशंका गरिएको छ । घटना लगत्तै लिबियामा सुरक्षाब्यबस्था कडा तुल्याइएको छ । यस घटना बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएका छन् ।
लिबियामा पूर्व शासक गद्दाफीका समर्थकहरुले बिस्फोट गराएको हुनसक्ने आशंका गरिएको छ । घटना लगत्तै लिबियामा सुरक्षाब्यबस्था कडा तुल्याइएको छ । यस घटना बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएका छन् ।