गोपी कृष्णमा कुर्सीले हेरे "शिरीषको फूल" चलचित्र
पारिजातको चर्चित कृति ‘शिरीषको फूल’ उपन्यासमाथि बनेको चलचित्र शुक्रबार रिलिज भयो ।
शुक्रबारको रिलिजमा परेको चलचित्र ‘शिरीषको फूल’ले दर्शक भने पाएन । गोपीकृष्ण चलचित्र मन्दिरमा दर्शक नभए पनि रिलिज भएको पहिलो दिन चलचित्र ‘शिरीषको फूल’लाई कुर्सीले भने राम्ररी नै हेरे ।
चार वर्ष लगाएर जापानी निर्देशक तोसिआकी इतोहको निर्देशनमा तयार भएको चलचित्र रिलिज भएको दिन दर्शकबाट बञ्चित भएको हो । चलचित्र शिरीषको फूलमा निर्देशक इतोहले उपन्यासका प्रमुख पात्र दोस्रो विश्वयुद्धमा सहभागी भएर फर्किएका सुयोगबीर र निस्सारवादी सकमबरीलाई मुख्य पात्रका रुपमा प्रस्तुत गरेका छन् ।
सुयोगवीरको भूमिकामा गणेश लामाले अभिनय गरेका छन् भने सकमबरीको भूमिकामा शर्मिला गुरुङले अभिनय गरेकी छन् । उपन्याकार पारिजातको उपन्यासको मर्मलाई सम्मान गर्दै बनाइएको चलचित्र पुस्तक नपढेका दर्शकले भने बुझ्न सक्दैनन् । पारिजातले सकमबरीको मृत्यु भएपछि उपन्यासको अन्त्य गरेकी भए पनि शिरीषको फूल चलचित्रमा निर्देशकले थप केही घटनाक्रमलाई बढाएका छन् ।
चलचित्र शिरीषको फूलमा गोपाल भुटानी, अप्सरा कार्की, सौजन्य सुब्बा, बसुन्धरा भुसाल, श्याम राई, जगत राजथला, लक्ष्मी भुसाल, सन्तोष लामा, गणेश मुनाल, इन्दिरा गोले गुरुङलगातको अभिनयलाई हेर्न सकिन्छ ।
जापानी निर्देशकले चार वर्ष लामो अवधिमा निर्माण गरेको चर्चित उपन्यास शिरीषको फूलमाथि आधारित चलचित्र शिरीषको फूलले प्रदर्शनमा आएको पहिलो दिन अपेक्षा गरे अनुरुप दर्शक भने पाउन कसेन । यति सम्म दर्शक देखिएनन् कि चलचित्र हेरेर ढोकामा बस्दा चलचित्रका विषयमा विचार लिन खोज्दा बल्ल बल्ल दुई जना दर्शकसँग मात्र बाइट लिन सकियो । चलचित्र हेरेपछि यो भन्न सकिन्छ ‘नेपालमा चलचित्र चलेनन् भनेर चिच्याहट गर्नुभन्दा किन चल्दैनन् अध्ययन गर्नु पर्छ ।’
पारिजातको ख्यातिप्राप्त कृति ‘शिरीषको फूल’मा आधारित चलचित्र रिलिज भएको पहिलो दिन यस्तो हालतमा छ भने अन्य चलचित्रको के कुरा ?