सिरियाली सैनिकको मुटु खाने कमाण्डर अदालत जान तयार
बेरुत - हत्या गरिएका एक सैनिकलाई काटेर उसको मुटु निकालेर खाएको भिडियो बनाएर अन्तर्राष्ट्रिय जगतमा आलोचित बनेका सिरियाली विद्रोही कमान्डर अबु सक्कारले आफू उक्त कार्यका लागि अदालती कारबाहीको सामना गर्न तयार रहेको बताएका छन् ।
उनले यदि राष्ट्रपति बसार अल असदलाई अदालतमा उभ्याउने हो भने आफू पनि अदालतमा जान तयार रहेको बताएका हुन् ।
'बसार र उनका लडाकुहरुलाई महिला र बालबालिका विरुद्ध गरेको अपराधका लागि अदालतमा उभ्याउने हो भने म मेरो कार्यका लागि जवाफदेही हुन तयार छु ।' - उनले बताए । 'मैले विश्वलाई यो सन्देश दिएको छु- यदी सिरियामा रक्तपाद नरोकिने हो भने हरेक सिरियाली अबु सक्कार बन्नेछन्।'
होम्सको चर्चित फारुक बटालियनका संस्थापक अबु सक्कारको भिडियो यो हप्ता व्यापक प्रचारप्रसार भएको थियो । यसमा उनले एक मृत सैनिकको छाती चिर्दै गरेको र उसको एउटा अंग झिकेर टोकेको दृश्य छायांकन गरिएको थियो ।