बैद्य र बादलले नाच भने अनि नाचे : प्रचण्ड (भिडियोसहित)
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhzWAXDiVYapeEd-igzoAq27SuzRwU07qAj1XWwuSz22W5DUXs7xYm-UFPChZxVFrkIvgTzSY8AzGmirqqvIwP6PRERDTjyZ0t-ENkisEKDPrYWv9v1294_lMWz2wRcf_neGzg9nTm7__kW/s400/Pushpakamal+Dhahal+Prachanda.jpg)
एकीकृत माओबादीका अद्यक्ष प्रचण्डले आफु बैद्य र बादलले भनेकोले मात्र नाचेको बताएका छन् । एक समयमा आन्दोलन गर्दै गर्दा उनि नायीका रेखा थापा संग नाचेका थिए ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgnJiNbj5Vs1Z8H9xZjvHfQXxo53p4yEz766gmYWxmBqdF67z2dyHt68zePFWYh8wc-oGDFPkb_0F03P-cw1XoWl114zw1JJGlYntRuJq8NsD2q6G0PlNUE6ZnIHpysnAfOO3rcsk_O-jEy/s640/dancing+rekha.jpg)
अहिले सम्म पनि यो घटनाको बारेमा निक्कै चर्चा भैरहने गर्दछ । तत्कालिन सरकार बिरुद्ध गरेको सडक आन्दोलनमा सहभागी हुन पुगेकी र प्रचण्ड संग नाचेकि नायीका रेखा थापा जेष्ठ ४ गते शनिबार बिहान औपचारिक रुपमै प्रचण्ड नेतृत्वको माओबादी ( एमाओबादी ) पार्टीको कार्यकर्ता बनिन ।
रेखालाई एमाओवादी मुख्यालय पेरिसडाँडामा आयोजना गरिएको एक कार्यक्रममा अध्यक्ष पुष्कमल दाहाल, उपाध्यक्षद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठलगायत नेताहरुले माला र अबिर लगाएर पार्टीमा स्वागत गरेका छन् ।
रेखालाई पार्टीमा स्वागत गर्दै प्रचण्डले भने “म उहाँसँग नाचेको पनि थिएँ मलाई त नाच्न खासै मन थिएन्” । प्रचण्डले यति भनिसक्दा कार्यक्रममा भने हासो गुन्जिएको थियो । उनले नाच्न मन नभए पनि तत्कालिन वरिष्ठ उपाध्यक्ष मोहन बैद्य र रामबहादुर थापाले नाच्नु भनेको नाचेको पनि भने । ‘उहाँहरु अहिले त पार्टीमा हुनुहुन्न, किरण र बादलजीतिर हेरेर नाँचौं भनेर सोधेको थिएँ’, प्रचण्डले भने,’उहाँहरुले नाच्नु भन्नुभयो म पनि नाचेँ ।’
यसरि नाचेका थिए प्रचण्ड : हेर्नुहोस भिडियो
Pushpakamal Dhahal Prachanda Dancing With Rekha Thapa
पुरा भिडियो हेर्न तलको बक्समा किल्क गर्नुहोस