केटी जिस्क्याएको भन्दै कुटिएपछी ५० वर्षीय लामाको मृ्त्यु
९ जेठ, कास्की । केटी जिस्क्याएको भन्दै केटीहरुले कुटेपछी ५० वर्षका एक व्यक्तिको ज्यान गएको छ ।
केटी जिस्क्याएको विषयमा विवाद बढेर भएको कुटपिटबाट लेखनाथ नगरपालिका–१ भण्डारधिक डेरा गरी बस्ने अन्दाजी ५० वर्षका लोकबहादुर लामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मंगलबार भण्डारधिकमा नै बस्ने १८ वर्षकी रेणुका गुरूङलाई जिस्काएको भन्दै उनका साथै १८ वर्षका अमिन गुरुङ र २२ वर्षकी रोशनी गुरुङले लामालाई कुटपिट गरेपछि गम्भिर घाइते भएका थिए । कुटपिटबाट गम्भीर घाइते भएका लामालाई उपचारको लागि गण्डकी अंचल अस्पताल लगिएको थियो तर उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न तीनैजनालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ