उपचार गर्ने भन्दै भारत पुर्याएइएकी १५ वर्षीय किशोरीको उद्धार

३१ वैशाख, कञ्चनपुर । बोल्न र कान सुन्न नसक्ने युवतीलाई बोल्न सक्ने बनाइदिने भन्दै भारत पुर्‍याइएकी कञ्चनपुरको झलारीकी एक युवती आफन्तको सहयोगमा घर फर्किएकी छन् ।

झलारीकी १५ वर्षीया युवतीलाई सोही गाउँका मङ्गले दमाईले भारत पुर्‍याएका थिए ।



दस दिनअघि भारतीय सहर बैङ्लोर पुर्‍याइएकी युवतीलाई आफन्तले उद्धार गरी घर ल्याएका हुन् । बैङ्लोर बस्ने दमाईले भगाएर युवती लगेको परिवार जानकारी गराएपछि उनलाई रेल्वे स्टेसनबाट उद्धार गरिएको थियो ।

"घर परिवारबाट जानकारी पाएपछि हामीले स्टेसनबाट छोप्यो" युवतीका आफन्त राधिका खिन्नाले भनिन्, "हामीले उद्धार गरेपछि दमाईले मेरो रु आठ हजार खर्च भएको छ भन्दै लैजान अडान लिएका थिए ।"

पाँच वर्षपछि घर फर्किएका दमाईले यसअघि गाँउकै दुई महिलालाई भारत लगेको स्थानीय बासिन्दा बताउँछन् । उनीहरू अहिलेसम्म घर फर्किएका छैनन् । रासस