नयाँ घर पाउने लोभमा तीन सन्तानलाई घरभित्रै राखेर बाहिरबाट आगो लगाएपछि...
एजेन्सी । नयाँ घर पाउने लोभमा एक महिलाले आफ्ना तीन सन्तानलाई घरभित्रै छाडेर आगो लगाएकी छिन् । आफ्ना तीन सन्तान सुतिरहेको अवस्थामा अमेरिकाको बोल्टनकी एक महिलाले आफ्नो घरमा आगो लगाएकी थिइन् । घर आगलागी भएपछी आउने रकमबाट नयाँ घरमा बस्ने सोचका साथ आफ्नै घरमा आगो लगाएकी थिइन् ।
२८ वर्षीय किमबर्ली डोहार्थीले घरमा गत जनवरी ८ मा राती करिब साढे १० बजेतिर आगो लगाएकी थिइन् । घरमा आगो लगाएपछी बाहिर आएर आगो लागेको भन्दै हारगुहार गरेकी थिइन् । आफ्ना सन्तानलाई सुताएर आगो लगाएर बाहिर निस्कँदै कसैले आफ्नो घरमा आगोको झील्का फ्याकेँको भन्दै हारगुहार मागेकी थिइन् ।
आगलागीको घटनापछी प्रहरीले अनुसन्धानका क्रममा डोहार्थीले आफूले नै आगो लगाएको स्विकार गरेकी थिइन् । त्यसपछी उनलाई प्रहरीले हिरासतमा राखेर अदालतमा उपस्थित गराएको थियो । अदाललते आफ्नै घरमा आगो लगाएको र आफ्ना तीन सन्तानको ज्यान जोखीम पारेको आरोप लगाउँदै साढे २ वर्ष जेल सजाय सुनाएको छ ।
उनले आफ्ना ४ महिना, ६ वर्षीय र सात वर्षीय सन्तानलाई जोखीममा पारेकी थिइन् ।