पूर्व सभासद हत्याको विरोधमा भएको बन्दले यात्रुहरु मारमा
८ जेठ, काठमाण्डौं । पूर्व सभासद सदरुल मिया हकको हत्याको विरोधमा उहाँका आफन्त तथा छरछिमेकीले गरेको राजमार्ग बन्दका कारण लामो तथा छोटो दुरीका यात्रामा रहेका यात्रुहरु समस्यामा परेका छन् ।
आफन्तहरुले हकको हत्याको छानविन गर्न माग गर्दै सप्तरीको कल्याणपुर सडकखण्ड बन्द गरेका छन् । बन्दले पूर्वबाट पश्चिम आउने र पश्चिमबाट पूर्व जाने सवारीका साधान रातिदेखि नै बाटोमै रोकिएका छन् । बन्दका कारण चारसय भन्दा बढी सवारीका साधान सप्तरीमा रोकिएका छन् भने हजार भन्दा बढी यात्रु छन् ।
यात्रुहरुले रातिदेखि आफू सडकमा बस्नुपर्दा समस्या भएको गमी बढी भएको खानेकुराको व्यवस्था नहुँदा ठूलो समस्या परेको गुनासो गरेका छन् । यता बन्दकर्ताहरुले भने हकको हत्या बारे छानविन गर्न गृहमन्त्री आएर आफूहरुको माग पुरा गर्नुपर्ने भन्दै बन्दकर्ताहरु विहानैदेखि सडकमा उत्रिएर सवारीका साधान सञ्चालनमा रोक लगाएका छन् । स्थानीय प्रशासनले भने मृतकका आफन्त र छिमेकिसँग छलफल गरेर बन्द खुलाउने प्रयास भइरहेको जानकारी दिएको छ ।
यता हकको शवलाई भने पोष्ट मार्टमका लागि विपि कोइराला स्वास्थ्य प्रतिष्ठान धरान लगिएको छ । प्रहरीले अुनसन्धान जारी रहेको बताए पनि हत्यको आशंकामा कसैलाई पनि पक्राउ गरेको छैन् ।