तपाई गर्न सक्नु हुन्छ यस्तो ?...(फोटो तथा भिडियोमा)

क्यान्सर भन्ने बित्तिकै सबैको एकपटक सातो जान्छ । क्यान्सर रोग कसैलाई पनि नलागोस् भन्दै हामी कामना पनि गर्ने गर्छौ । एक पटक क्यान्सरले समातेपछि जीवनभर त्यसले पिडा दिन्छ । तर, उचित उपचार पाउन सके क्यान्सरको निदान पनि हुने गर्छ तरपनि क्यान्सर लागेपछी भने निकै धेरै पिडाहरू भोग्नु पर्ने हुन्छ ।



यस्तै, क्यान्सरबाट पिडित एक युवती अहिले सबैको चर्चाको विषय बनेकी छिन् । आफ्नो दायाँ पेल्भिसमा लागेको क्यान्सरबाट छुटकारा पाउन सफल भएकी युवती जेन ओशेआ अहिले सबैको चर्चाको पात्र बनेकी छिन् । क्यान्सरबाट मुक्त भएपछी उनको दायाँ खुट्टा निकै लचक भएको छ । हामी घुँडा भन्दा तलको भागलाई थोरै घुमाउन पनि सक्दैनौ तर जेनले भने आफ्नो खुट्टा पुरै १८० डिग्रीमा घुमाइदिन्छन् ।

सन् २०११ मा क्यान्सरको निदान भएपछी उनको खुट्टा यति सहजै घुमाउन सफल भएकी हुन् । त्यसभन्दा अगाडि उनीपनि हामी जस्तै सामान्य थिइन् । तर, जब क्यान्सर निको भयो उनी अरूभन्दा भिन्न बनिन् र उनको चर्चा जताततै फैलन थाल्यो ।

उनको क्यान्सर निदानका क्रममा उनको खुट्टाको जोर्नी समेत गुमेको थियो । जोर्नी नै नभएका कारण उनको खुट्टा त्यति सहजै १८० डिग्रीमा घुम्न थालेको हो ।

उनले आफ्नो उक्त खुट्टालाई लुकाउनुभन्दा देखाउनु राम्रो हुने ठानेर साथीहरूलाई देखाउने, विभिन्न कार्यक्रममा पनमि देखाउने गर्न थालिन् । उनले आफ्नो उक्त गुणलाई विभिन्न प्रतिष्पर्धाहरूमा समेत देखाइसकेकी छिन् ।

उनको यो कार्यको भिडियो अहिले इन्टरनेटमा चर्चित बन्दै गएको छ । उनले खुट्टालाई १८० डिग्रीमा घुमाएको यो भिडियोमा विभिन्न समयमा उनले खुट्टा घुमाएका दृश्यहरू समावेश गरिएका छन् । साथीहरूसँग रमाइलो गर्ने क्रममा, चिकित्सकसँग वातचित गर्ने क्रममा लगायत अन्य केही स्थानमा उनले आफ्नो यो गुणको दर्शन धेरैलाई दिएकी छिन् । यो देखेर उनका साथीहरू निकै अचम्मित समेत हुने गरेका छन् । केही छक्क पर्ने गर्छन् भने केही त डराएर हेर्न समेत गाह्रो मानेका पनि देखिन्छ । यो भिडियोमा ।

हेरौ जेनको यो गुणको भिडियो तथा तस्विरहरू...