जुत्तामा लुकाएको अवस्थामा १६ किलो सुन फेला, चार पक्राउ

काठमाडौं,जेठ २ । प्रहरीले काठमाडौंको बौद्ध क्षेत्रबाट अवैध रुपमा भित्रिएको करिब १६ किलो सुनसहित चारजनालाई पक्राउ गरेको छ । उनीहरुले जुतामा लुकाएर सुन ल्याएको प्रहरीद्वारा जानकारी । काठमाडौं प्रहरीको विशेष टोलीले उनीहरुलाई पक्रेको हो ।



प्रहरीले जोरपाटी सुन्दरटोल कान्जी शेर्पिनीको घरबाट सुनसहित सानु शेर्पा, नाम्ग्याल शेर्पा,सानी शेर्पा र सोनम शेर्पालाई पक्राउ गरेको हो । प्रहरीले घटनाबारे जानकारी दिन आज ५ बजे पत्रकार सम्मेलन गर्दैछ ।