मेडिकल कलेजले मार्यो डाक्टरी अध्ययनरत विद्यार्थी !

३ जेठ, पाल्पा । पाल्पा स्थित लुम्बिनी मेडिकल कलेजमा अध्ययनरत एक छात्र कलेजमा नै रहस्यमय तरिकाले मृ्त्यु भएको छ ।

सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नं ११ भिमानका छात्र २२ वर्षीय नारायण बुढाथोकीको आज बिहान ४ बजे रहस्यमय मृत्यु भएको हो । मृतकका बुबा प्रेम बहादुर बुढाथोकीका अनुसार सामान्य ज्वरो आएर लुम्बिनी मेडिकल कलेजमै उपचार गराइरहेको भएपनि नारायणको उक्त अवस्थाबारे कलेजले कुनै जानकारी नदिएको बताएका छन् ।

अभिभावकलाई आफ्नो सन्तान बिरामी परेको विषयलाई कलेज प्रशासनले गोप्य राख्नुले घटना झन् रहस्यमय बनेको हो । नारायणका बाबु प्रेम बुढाथोकीले छोराको अवस्थाबारे अस्पताल प्रशासनले जानकारी नदिनुलाई निकै गम्भिर षड्यन्त्र हुन सक्ने समेत बताएका छन् । केही समय अघि देखी नै बिमारी रहेका नारायणको अवस्थाबारे उनको परिवारलाई बिहिबार राती ९ बजेतिर मात्र खबर गरिएको थियो ।

छोरा बिरामी भएको थाहा पाएपछी सिन्धुलीबाट पाल्ला आएका प्रेम बुढाथोकीले आफ्नो छोरालाई मृत अवस्थामा फेला पारेका थिए । एकातिर परिवारलाई खबर नगर्नु र परिवारलाई खबर गरेको भोलिपल्ट बिहानै ज्यान जानुले यस घटनामा केही षड्यन्त्र रहेको हुन सक्ने आशंका नारायणका बाबु प्रेमले गरेका छन् । उनले यस घटनामा कलेज प्रशासन समेत संलग्न भएको हुन सक्ने आशंका व्यक्त गरेका छन् ।

करिब तीन वर्ष अगाडि सो कलेजमा डाक्टरी अध्ययनका क्रममा भर्ना भएका नारायणको रहस्यमय रुपमा मृत्यु भएकोमा पीडित पक्षले घटना यथार्थ छानबिन गरी दोषीलाई कार्यवाही गर्न तथा उचित क्षतिपुर्तिकालागि माग गरेका छन् । तीन वर्षका बीचमा छोराको पढाईका लागि मृतकका पिता प्रेम बहादुर बुढाथाकीले करिव ३० लाख खर्च गरिसकेका थिए । बुढाथोकी परिवार सामान्य परिवारका हुन ।

मृतकका पिता प्रेम बहादुर बुढाथाकी सिन्धुली भिमान स्थित ईलाका हुलाक कार्यालय कर्मचारी हुन् । उनी साँझ बिहान आफ्नो घरको समस्या र छारोको पढाईकालागि बसको टिकट बुकिङग काउण्टरमा समेत काम गर्दै आएका छन् ।
Source:nepaliheadlines