स्ववियु निर्बाचन बिथोल्न ५ बिद्यार्थी संघठनको मोर्चा

जेठ २३ गतेका लागि घोषित स्वतन्त्र बिद्यार्थी युनियनको निर्बाचन मिश्रित प्रणाली मार्फत गराउन लागेको भन्दै त्यसलाई बिथोल्न बिभिन्न ५ बिद्यार्थी संगठनले संयुक्त मोर्चा निर्माण गरेका छन । यसरी मोर्चा निर्माण गर्नेमा आदीबासी जनजाती र लिम्बुवानजन्य बिद्यार्थी संगठन छन ।



मुलुक र भुगोल सुहाँउदो, व्यवहारिक र आधुनिक शिक्षा कार्यन्वयन गर्नुपर्ने अवस्थामा बिद्यार्थी हकहितसँग प्रत्यक्ष सरोकार राख्ने स्ववियु निर्बाचन मिश्रित प्रणाली अन्तर्गत गर्ने रणनीति अनुसार त्रिभुवन बिश्वविद्यालयले तालिका सार्बजनिक गरेपछि आफुहरुले मोर्चा निर्माण ५ बिद्यार्थी संघठनद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ । उनीहरुले स्ववियु निर्बाचन बिथोल्न जेठ १६ र २३ गते प्रश्ताबित लिम्बुवानमा पर्ने संखुवसभा, धनकुटा, पाँचथर, इलाम, ताप्लेजुङ, झापा, मोरङ र सुनसरी जिल्लामा आम हड्तालको घोषणा समेत गरेका छन । मोर्चामा लिम्बू बिद्यार्थी मञ्च, लिम्बुवान बिद्यार्थी परिषद, संघीय बिद्यार्थी युनियन, नेपाल बिद्यार्थी युनियन र आदीवासी जनजाती बिद्यार्थी महासंघ छन । पाँचवटै संघठनका तर्फबाट बिहिवार जारी गरिएको बिज्ञप्तीमा आन्दोलमा रहेका संघठनहरुलाई वेवास्ता गर्दै निर्बाचन गराउने चेष्टा गरे प्रतिकार गर्ने चेतावनी समेत दिइएको छ ।

पूर्ण समानुपातिक मतदान प्रणाली अन्तरगत स्ववियु निर्बाचन गर्नुपर्ने माग सहित ती संघठनले गरेको अवरोधका कारण पुर्बी नेपालमा सञ्चालित अधिकांश क्याम्पस २०६५ सालमा पनि चुनाव हुनसकेको थिएन भने मतदान भइरहेका बखच मत पेटिका कव्जा गर्न खोज्दा प्रहरीले चलाएको गोली लागी झापाको धुलावारी क्याम्पसका मनिल तामाङको मृत्यु भएको थियो ।