बाचा हारेपछि अरबपति भए एयर होस्टेज (फोटोफिचर सहित)
सर रिचार्ड ब्रान्सन विश्वका शक्तिशाली मध्येका एक व्यक्ति हुन् । तर सनिवार उनी मजाकका पात्र बने । उनले स्कर्ट लगाए, खुट्टाको रौँ समेत खौरिए, ओँठमा लिपिस्टिक लगाए अनि यी ६२ वर्षे बुढा ठ्याक्कै एयर होस्टेज महिलाजस्तो बनेर विमानमा यात्रुहरुको सेवा गरे । यात्रुहरुलाई रक्सी टक्राए, खाना टक्राए स्वागत र विदाई गरे ।
अर्बपति समेत रहेका बेलायती उद्योगी ब्रान्सनले दुइ वर्षअघि एयर एसियाका मालिक टोनी फर्नान्डेजसँग बाजी थापेका थिए । ग्राण्ड प्रिक्स कार रेसमा उनीहरुले बाजी थापेका थिए । जसको टिमले हार्छ उसले जित्नेको एयरलाइन्समा एयर होस्टेजको काम गर्नुपर्ने बाजीको सर्त थियो । मैले जित्छु भन्ने पक्का थियो तर केही गल्तीका कारणले मेरो टिमले हारे, उनी भन्छन् । दुइ वर्ष अघि बाजी हारेका भएपनि कार्य व्यस्तताले बाचा पूरा गर्न नपाएका उनले बल्ल एयर एसियाको बेलायतदेखि मलेसिया सम्मको रात्रीकालिन उडानमा विमान परिचारिकाको भूमिका निर्वाह गरे ।
उक्त उडानबाट भएको आम्दानी बालबालिकाको हितमा काम गर्ने एक संस्थालाई प्रदान गरिनेछ । एयर एसियाका मालिक टोनी पनि आफ्ना साथीलाई आफ्नो विमानमा कर्मचारी बनाउन पाएकोमा मख्ख देखिन्थे । उनले आफुसँग दुइवटा निशुल्क टिकट भएको भन्दै निशुल्क रुपमा पर्थबाट क्वालालाम्पुर जान चाहने यात्रुले सम्पर्क गर्न समेत टि्वटर मार्फत आग्रह गरेका थिए ।