विदेशमा नेपालीहरु अलपत्र पर्ने क्रम बढ्दो ! (ठगीको यो स्वरूप) भिडियोसहित

लुकेर विदेश गए, अनि दुख पाए – दैनिक एक हजार नेपाली विदेशिएका छन् | लाग्छ ‘ठगी’ बैदेशिक रोजगार क्षेत्रमा अब सामान्य र पाच्य बन्दैछ । कामदार ठगिए र बिदेशमा बिचल्लीमा परे भन्दा अब सरोकारवालाहरूले नै ‘ए त्यो कुन चैं नयां कुरा भयो त, यस्तो त निरन्तर भइ नै रहेको छ’ भनी सहजै पचाइदिन थालेका छन । बैदेशिक रोजगार ऐन पनि कसका लागि बनाइयो र कुन कुनामा थन्किएको छ, कसैलाई पर्बाह छ जस्तो लाग्दैन । किनकि त्यो ऐनको पाइला पाइलामा नेपालमै ब्यवसायीहरू र बैदेशिक रोजगार बिभागबाट समेत खिल्ली उडाइदै आएको छ ।बैदेशिक रोजगार बिभागले खाडीका कुनैपनि मुलुकहरूमा कुनैपनि काममा जांदा जम्मा रू. ७० हजार भन्दा बढी रकम कामदारहरूबाट लिनु हुंदैन भनी तोकेको छ र ऐनको दफा २१ (३)मा उक्त रकमको भर्पाई समेत कामदारलाई दिनु पर्दछ भन्ने उल्लेख छ । साथै ऐनकै दफा १४ (३) (क) मा कामदारको योग्यता मुताविकको सेवा, शर्त र सुविधा नभएमा बिभागले श्रम स्वीकृति दिने छैन पनि भनिएको छ र झुठ्ठा कागजात पेश गरी अनियमितता गरी ऐनको उलंघन गरेमा आर्थिक जरिमाना सहित इजाजत रद्ध हुने र म्यानपावर सञ्चालकलाई जेल सजाय सम्मको ब्यवस्था गरिएको छ ।



भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला