नेपाली सेनाका प्युठ दीपक थापामगरको निधन
५ जेठ, काठमाडौ । शान्ति स्थापनार्थ मध्यपूर्वस्थित लेबनानमा खटिएका नेपाली सेनाका प्युठ दीपक थापामगरले सहादत प्राप्त गर्नुभएको छ ।
शान्ति स्थापनार्थ लेबनानमा तैनाथ रणवम गण शान्तिसेनाको ५३औँ डफ्फामा सम्मिलित भएर श्रीसिंहनाथ गणमा कार्यरत थापामगर गएको चैत ९ गते लेबनान पुगेका थिए ।
प्युठ थापामगरको युएन पोष्ट ८–३३ ए अन्तर्गत काममा खटिरहेका समयमा शुक्रबार विहान ३.३० बजे बेहोस भएका थिए । अचेत अवस्थामा रहेका प्युठ थापाको उपचारको क्रममा लेभल–एक अस्पतालमा निधन भएको थियो । संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद् र लेबनान सरकारले प्युठ थापाको योगदानको उच्च कदर गरी पदकसमेत प्रदान गरेको छ ।
रामेछाप जिल्लाको सालु ७ गैराथोकमा २०४१ सालमा जन्मिएका थापामगरले २०६० भदौ १४ गते नेपाली सेनामा प्रवेश पाएका थिए । प्युठ थापाका पिता पनि नेपाली सेनाका पूर्व जवान हुनुहुन्छ ।
प्युठ थापाले श्रीमती वेदमायासँग पछिल्लोपटक जेठ १ गते बिहान मात्रै फोनमा कुराकानी गरेका थिए ।
प्युठ थापाको आजै पशुपतिस्थित आर्याघाटमा दाहसंस्कार गरिने उनका परिवारिक स्रोतले जनाएको छ । प्युठ थापामगरका बाबु, आमा, श्रीमती र तीन वर्षकी छोरी मङगला थापामगर छन् । उनी कृष्णमाया थापाका कान्छा छोरा हुन् ।
प्युठ थापामगरको पार्थिव शरीरलाई कतार एयरबाट काठमाडौँ ल्याइएको हो । स्वर्गीय थापामगरको पार्थिव शरीरमा त्रिभुवन अन्तरराष्ट्रियमा तैनाथ कालीप्रसाद गणको प्राङगणमा सैनिक सम्मानका साथ श्रद्धाञ्जलि अर्पण गरिएको थियो ।
नेपाली सेनाका प्रबन्धरथी उपरथी राजेन्द्र क्षेत्री, नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमका प्रतिनिधि टेरेन्स डी जोन्स, रक्षा मन्त्रालयका प्रतिनिधि एवम् नेपाली सेनाका अन्य उच्चपदस्थ अधिकृतले समेत प्युठ थापामगरको पार्थिव शरीरमा माल्यार्पण गरी श्रदाञ्जलि व्यक्त गरेका थिए ।
नेपाली सेनाको टुकडीले सो अवसरमा सलामी दिनाका साथै पार्थिव शरीरमा नेपालको राष्ट्रिय झण्डासमेत ओढाएको थियो । लेबनानमा रणबम गणका गणपति नवराज गुरुङको नेतृत्वमा ८५० अधिकृत तथा जवानहरु तैनाथ छन् ।
विश्वमा शान्ति स्थापनाको काममा खटिने क्रममा हालसम्म ५९ जना नेपाली सैनिकले सहादत प्राप्त गरिसकेका छन् ।
यसैबीच नेपाली सेनाले स्व. थापाको निधनप्रति दुःख व्यक्त गर्दै दिवङ्गत आत्माको चिरशान्ति कामना गरेको छ । रासस