२५ सय ५७ औ वुद्ध जयन्ती सप्ताहव्यापी रुपमा मनाईने

०४ जेठ- बुद्ध जयन्ती मूल समारोह समिति कास्कीले आज देखि विविध कार्यक्रमको आयोजना गरि २५५७ औ वुद्ध जयन्ती सप्ताहव्यापी रुपमा मनाउने भएको छ । समितिले जेठ ११ गते सम्म विविध कार्यक्रमको आयोजना गरि सप्ताहव्यापी रुपमा वुद्ध जयन्ती मनाउन लागेको हो ।



सात दिन सम्मको कार्यक्रममा पोखरा र आसपासमा रहेका वौद्ध संघ संस्थाहरुले संयुक्त रुपमा मिलेर कार्यक्रम आयोजन गर्ने व्यवस्था समेत मिलाईएको छ । जसअन्तर्गत आज शुभारम्भ र्याली, निशुल्क स्वास्थ्य शिविर, सद्धर्म सभा धर्मसंघ वुद्ध विहार परिशरमा सरसफाई, म्हणी कङग्यूर पूजा रहेको छ । शुभारम्भ र्याली धेछेलिङ गुम्बाबाट साईकल र मोटरसाईकल र्याली सहित शुरु भई पोखराको मुख्य बजार परिक्रमा गरि विश्व शान्ति स्तुपामा पुगी बुद्ध पुजा गर्ने कार्यक्रम रहेको युवा वौद्ध संघ धर्मशिला वुद्ध विहारका अध्यक्ष तथा प्रचार प्रसार समितिका संयोजक सन्देश उदासले जानकारी दिए ।

जेठ ११ गते वुद्ध पूर्णिमाका दिन भगवान गौतम वुद्धको तस्वीर तथा बौद्ध झण्डा सडक खण्डतिर सजाएर राखिदिन समेत मुल आयोजक समितिले आग्रह गरेको छ । नेपालमा पनि २०१८ साल देखि वुद्ध जयन्ती मनाउदै आएपनि २०३१ सालदेखि सप्ताव्यापी रुपमा वुद्ध जयन्ती मनाउदै आएको मुल आयोजक समितिका अध्यक्ष भिक्षु श्रद्धानन्दले जानकारी दिए । npnews.net