‘सुदूरपश्मिका भैंसी भारतले खाडी मुलुक पुर्यायो’, भैंसी विदेशीन थालेपछि मूल्य चर्किन थाल्यो
नविन अर्याल
६ वैशाख, काठमाडौं । सुदूर पश्चिमको पहाडी भेगमा अहिले भैंसी र राँगाहरु पहिला जस्तो देख्न पाइदैन् । त्यस क्षेत्रका अधिकांश गोठहरु रित्ता देखिन थालेका छन् । अलि-अलि भएका भैंसीहरु पनि तराइतिर ओरालो लागेको देखिन्छ । तपाई सोच्नुभएको होला, सुदूरपश्चिमेली पशुपालन गर्न छाडेछन्, त्यसो होइन, पछिल्लो समय सुदूरपश्चिमका भैंसी तथा राँगाहरु प्याकिङ भएर विदेश निर्यात हुन थालेका छन् ।

सुदूरपश्चिमका भैंसी र राँगाहरु भारतले क्रशर मेसीनबाट प्रशोधन गरि प्याकिङ गरेर खाडी तथा यूरोपियन मुलुकतर्फ निर्यात गर्दै आएको छ । ‘भारतले नेपाली भैंसी र राँगाहरु प्रशोधन गर्न सीमा क्षेत्रमा क्रशर उद्योग राखेको छ’ साना किसान विकास बैंकका अध्यक्ष खेम बहादुर पाठकले भन्नुभयो- ‘भारतले भएभरका भैंसी प्रशोधन गरेर माशु विदेश निर्यात गर्न थालेपछि अहिले त्यस क्षेत्रमा भैंसी र राँगाहरु पाउन छोडेका छन् ।’ पशुपालन कर्जा सम्बन्धी जानकारी दिन सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले ताजा घाँस-पानी खाएका मिठो मासु भएका भैंसीहरु भारतले किनेर खाँडी मुलुक पुर्याउँदै आएको भन्दै उहाँले गुनासो समेत गर्नुभयो । जस्ले गर्दा १५/२० हजार रुपैयाँमा पाइने भैंसीहरु १ लाख रुपैयाँसम्म पर्ने भएका छन् । ‘पूर्वमा भएका भैंसी र राँगाहरु ईटहरीमा भएको चाइनीज उद्योगले प्रशोधन गर्दै आएको छ’ बैंकका अध्यक्ष पाठकले भन्नुभयो- ‘मध्यमाञ्चलका भैंसी र राँगाहरु सबै राता-रात चोरी भएर सकिन थालेका छन् ।’ यसरी भैंसी र राँगाहरु सकिन थालेपछि मूल्य निकै चर्को हुँदै गएको उहाँको गुनासो थियो । दुहुना भैंसी बाहेक अन्य सबै भैंसीहरु क्रशर उद्योगमा पुग्ने गरेको उहाँले सुनाउनुभयो । उहाँले यस्तो कार्यलाई निरुत्साहित गर्नुपर्ने बताउँदै कृषि वीमा गरेर कृषकहरुलाई पशुपालन तर्फ आकषिर्त गर्नुपर्ने बताउनुभयो ।
पशुपालन कर्जा उपलब्धीमुलक
साना किसान विकास बैंकले आर्थिक वर्ष २०६७/०६८ को चैतदेखि सुरु गरेको माशुजन्य पशुपालन कर्जा कार्यक्रम उपलब्धी मुलक बन्दै गएको सरोकारवालाहरुले बताएका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत जलन कुमार शर्माले कार्यक्रममा माशुजन्य पशुपालन कर्जा कार्यक्रम परिचय र प्रगती विषायक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम सुरु भएदेखि आर्थिक वर्ष २०६८/०६९ असारसम्म नेपाल सरकारले पशुपालन कर्जा वितरणका लागि बैंकलाई ६ किस्तामा १ अर्ब ५० करोड रुपैयाँ उपलब्ध गराइसकेको छ । आव ६०६८/०६९ मा सरकारले बैंकलाई कर्जा उपलब्ध नगराएको सिइओ शर्माले बताउनुभयो । बैंकले २०६८ असासम्म ४६ करोड लाख २१ लाख १७ हजार रुपैयाँ, २०६८ असारसम्म १ अर्ब १० करोड २२ लाख ९९ हजार रुपैयाँ र २०६९ को चैतसम्म १ अर्ब ५४ करोड ७४ लाख रुपैयाँ कर्जा प्रवाह गरिसकेको छ । बैंकले माशुजन्य पशुहरु बाख्रा, बंगुर, पाडापाडी र भैंसी पालनमा कर्जा प्रवाह गर्दै आएको छ ।

बैंकले कुल लगानी भएको कर्जाको आधारमा दुग्धजन्य उत्पादन १० हजार ३ सय १७ लैना भैंसीबाट ९२ करोड ८५ लाख ३० हजार रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरेको छ । त्यस्तै, मासु तथा दुध उत्पादनको कुल आम्दानी ३ अर्ब १४ करोड २६ लाख २८ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ ।
लक्ष्य भन्दा बढी कर्जा प्रवाह
बैंकले सरकारसँग विभिन्न चरणमा लिएको एक अर्ब ५० करोड रुपैयाँ ऋणमा ४ करोड ७४ लाख रुपैयाँ थपेर २४ हजार ५ सय ६ कृषकमाझ मासुजन्य कर्जा पुर्याएको छ । आर्थिक वर्ष २०६७/६८ यता बैंकले ४९ जिल्लामा २ सय २ सहकारी संस्थामार्फत माशुजन्य कर्जा वितरण गरेको छ । उक्त कर्जा ४८ प्रतिशत बाख्रापालनमा, ३८ प्रतिशत भैंसी, ९ प्रतिशत बंगुर तथा ५ प्रतिशत पाडापाडी पालनमा ऋण लगानी गरेको बैंकका सिईओ शर्माले बताउनुभयो । “वाषिर्क अर्बौं रुपैयाँको मासु आयात भइरहेको परिप्रेक्ष्यमा आयात प्रतिस्थापनमा मद्दत पुग्नेछ,” कार्यक्रममा शर्माले भन्नुभयो- ‘यस वर्ष सरकारले सहयोग दिएन्, आगामी दिनमा सरकारको सहयोग पाए मासुजन्य कर्जा कार्यक्रम अझै विस्तार गर्दै जाने छौं ।’
कृषि विकास बैंक नेपाल सरकार, नेपाल बैंक, नविल बैंक र साना किसान सहकारी संस्थाहरुको संस्थापकत्वमा २०५८ असार २२ गते राष्ट्रीय स्तरको “घ” वर्गको लघुवित्त बैंकको रुपमा स्थापना भएको हो । हाल यस बैंकको अधिकृत पूँजी २४ करोड रुपैयाँ, जारी पूँजी २० करोड रुपैयाँ र चूक्ता पँजी १४ करोड रुपैयाँ रहेको छ । चुक्ता पूँजी मध्ये कृषि विकास बैंकको ३१ दशमलव ५ प्रतिशत, नेपाल बैंकको ८ दशमलव ७ प्रतिशत, नविल बैंकको ४ दशमलव ३ प्रतिशत र २ सय ३१ वटा साना किसान सहकारी संस्थाहरुको ५५ दशमलव ५ प्रतिशत शेयर स्वामित्व रहेको छ ।
बैंकले चुक्ता पूँजी बढाउन यसै आर्थिक वर्षभित्रमा साधरण शेयर निष्काशन गर्दै छ । ६ करोड रुपैयाँ रकमको शेयर सर्वसाधारणमा जारी गरेपछि बैंकको कुल पूँजी २० करोड रुपैयाँ पुग्नेछ ।