बीच सडकमा मोटरसाइकलबाट झारेर गधाले मान्छे मार्यो...
एजेन्सी । हंगेरीमा मोटरसाइकलमा गुडिरहेका एक व्यक्तिलाई मोटरसाइकलबाट तानेर घिसारेर मारेका दुई गधा मिलेर मारेका छन् ।
६५ वर्षीय बृद्ध सान्डोर होर्भाथलाई दुई गधाले बाटोको बीचमा मोटरसाइकलबाट तानेर मारेका हुन् । आफ्नो खेतको निरिक्षण गर्न जाने क्रममा बाटोमा रहेका दुई गधाले सान्डोरलाई मोटरसाइकलबाट पछारेका थिए ।

घिसारेको र टोकेका कारण सान्डोरको बाटोमा नै मृत्यु भएको थियो । पछी उनको खेतमा काम गर्ने अर्का व्यक्तिले उनलाई मृत अवस्थामा देखेपछी प्रहरीलाई खबर गरेका थिए । पहिले उनलाई कसैले मारेको हुन सक्ने आशंका गरिएपनि पोष्टमार्टम रिपोर्टमा उनलाई घिसारिएको तथा टोकिएको भेटिएपछी उनलाई गधाले मारेको निष्कर्षमा पुगेका थीए ।
प्रहरीले गरेको थप अनुसन्धान र पोष्टमार्टम रिपोर्टपछी गधाले मारेको पु्ष्टी भएको थियो ।
सान्डोरकी छोरीले आफूले सान्डोरलाई ती गधाहरूलाई विचार गर्नुपर्ने तिनीहरु निखै रिसाउने गरेको र केही दुर्घटना हुन सक्ने संकेत गरेपनि उनले वास्ता नगरेको बताएकी छिन् ।