जापानमा भयो बच्चा रुवाउने प्रतियोगिता (फोटोफिचर सहित)

आफ्ना बच्चा रोएको सुन्दा जो सुकै अभिभावकको मन दुख्छ, नजाति लाग्छ । तर जापानमा भने एउटा यस्तो प्रतियोगिता नै हुन्छ जहाँ अभिभावकले आफ्ना बच्चालाई बढि भन्दा बढि रुवाउँछन् ।



नाकी सुमो भनिने उक्त बच्चा रुवाउने प्रतियोगिता सुन्दैमा अचम्म लाग्दो छ । ४ सय वर्ष अघिदेखि हुँदै आएको यो पर्वमा बच्चालाई सकेसम्म बढि रुन दिइन्छ । रुनु बच्चाको स्वास्थ्यको लागि लाभदायक रहेको विश्वासमा यस्तो पर्व मनाउने गरिएको हो । प्रतिस्पर्धामा सहभागि गराउन आमाहरुले आफ्ना बच्चालाई ल्याउँछन् र पहलमान तथा पादरीहरुको हातमा सुम्पन्छन् । नचिनेको र देख्दै भिमकाय जिउ भएका मान्छेका हातमा पुगेपछि बच्चा डराएरै भक्कानिँदै र चिच्याउँदै रुन थाल्छन् ।



पहलमानहरुले बच्चालाई कुनै शारीरिक पीडा त दिँदैनन् तर बढि भन्दा बढि चिच्याएर रोउन् भन्नका लागि झ्यांगलझुंगल पार्छन् । सबैभन्दा बढि रुने बच्चालाई विजेता समेत घोषित गरिन्छ । यो परम्परागत पर्व टोकियाको सेन्सोजी मन्दिरमा आयोजना गरिन्छ ।