चट्याङले लागेर गुल्मीमा दुई जनाको मृत्यु

अविरल वर्षा र हावाहुरीसँगै परेको चट्याङले लागेर गुल्मीमा दुई जनाको मृत्यु भएको छ । चट्याङले लागेर अरू दुई घाइते भएका छन् । चट्याङबाट हाडहाडे गाविस ७ की १३ वर्षीया वसन्ती काउछा र गैंडाकोट गाविस ७ का आठ महिनाको बच्चा अभिषेक विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।


मृतकको शव परीक्षणका सदरमुकाम तम्घास अस्पताल लगिएको छ । यसैगरी चट्याङले धुर्कोट जैसीथोक– ६ का १४ वर्षीय विजय घर्ती मगर र दुविचौरकी ११ वर्षीया मञ्जु पुन घाइते भएकी छिन् ।

घाइते घर्ती मगर वस्तु गाविसमा दिदीको घरमा गएका बेला चट्याङ लागेको प्रहरीले जानकारी दिएको छ । चट्याङले शरीरका भित्री भागमा असर परेर गम्भीर अवस्थामा रहेका उनिहरूको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि पाल्पा रिफर गरिएको छ ।